ताजा अपडेट »

रुपन्देही २ बाट एमाले उपाध्यक्ष बिष्णु पौडेलको नाम एकल सिफारिस

आइतबार, १९ भदौ २०७९, १३ : ३२
30 Shares
आइतबार, १९ भदौ २०७९
30 Shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत एकल सिफारिस भएको छ ।

एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।

नेपाली कांग्रेसले यस क्षेत्रबाट गृहमन्त्री बालकृष्ण खाण, यसअघि पराजित युवराज गिरी, अधिवक्ता गोकर्ण पौडेल र कृष्ण पोखरेलको नाम सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादीले नेता राजु गुरुङको नाम एकल सिफारिस गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।