ताजा अपडेट »

नेपाल छिमेक सम्बन्धको अर्थ राजनीति

आइतबार, २२ मंसिर २०७६, २१ : ११
46 Shares

बृहद वातावरणको महत्वपूर्ण तत्वहरुमध्ये दुरगामी प्रभाव पार्ने तत्व हुन् (आर्थिक र राजनीतिक तत्व) यिनीहरुको ब्यवसायिक र सामाजिक क्षेत्रमा बहुआयामिक असर र प्रभाव रहन्छ । रणनीतिक ब्यवस्थापनको सन्दर्भमा पनि यी तत्वहरु बुझ्नु जरुरी रहन्छ । यसैका आधारमा दिर्घकालिन योजना, नीति, तर्जुमा गरिन्छ। रणनीतिक लाभ प्राप्त गर्न अर्थ–राजनीतिको जानकारी राख्नु महत्वपूर्ण हुन्छ। बर्तमान भू–मण्डलष्क्रित विश्व परिवेशमा बृहद वातावरण बुझ्नु जुनसुकै क्षेत्रमा पनि उत्तिकै महत्वपूूर्ण छ । बृहद वातावरणको मिहिन विष्लेषणबाट नै निकट भविष्यको परिदृश्यको आंकलन गर्न सकिन्छ । यस्तो वातावरण अवसर र चूूनौतीको मुख्य स्रोत हो । तसर्थ, उपयुक्त अवसरहरुको पहिचान गर्न र सामना गर्नुपर्न सक्ने चूनौतीहरुको पूर्वानुमान गरि पूर्वतयारीमा रहनका लागि अर्थ–राजनीति बुझ्नु जरुरि हुन्छ ।

शाताब्दीऔं पछि यूरोप र अमेरिकाबाट शक्ति पुनः एशियातपÞर्m फर्किदै गएको भनेर मानिदै छ । कारण चीन,भारत,जापान लगाएत ठूलो छेत्रफल ओगट्ने दक्षिण पूर्वी एशियाली देशहरु र पूूर्व सोभियत संघबाट अलग्गिएका मुलुकको विकाश हो । अन्तराष्ट्रिय सम्बन्ध मानव सभ्यताको विकाससँगसँगै जटिल बन्दै गैरहेको छ । भारत र चीन बीच हुने सहकार्य र प्रतिस्पर्धा दुबैले नेपाल लै लाभ हानी दुवै पुर्याउँछ। हाम्रो चासो अधिक लाभको रणनीति हुनुपर्दछ । इतिहासको अध्ययनले हाम्रा अहिलेका नेतृत्व पंक्तिभन्दा बढी स्वाभिमानी, दृढ र चनाखो थिए । अन्तराष्ट्रिय परिदृश्यमा नेपालको स्वतन्त्र र सार्वभौम राष्ट्रको पहिचान छ । यद्यपि बेला–बेलामा प्रकट हुने निकट छिमेकीहरुको अनावश्यक चासो र हस्तक्षेप र थिचोमिचोले हामीलाई निरिह बनाएको छ ।

अन्तराष्ट्रियवाद , मानव अधिकारबादवाट अभिप्रेरित आजको विश्वमा त्यस्तो हुनु मनासिव होइन। आर्थिक विकासमा विश्वको पहिलो देश चीन र तेस्रो स्थानमा रहेको भारतका बीचमा हामी पृथ्वीनारायण शाहले भने जस्तै दुइ ढुङ्गा बीचको तरुल रहिरहने या बाबुराम भट्टराइले भने जस्तै गतिशिल पुल बन्ने भन्ने अहिलेको मुख्य चूूनौती रहेको छ । आजको विश्वमा राष्ट्र–राष्ट्रका बीचको आर्थिक समृद्धि वा प्राप्त भैसकेको उच समृद्धिलाई कायम राख्न गला काटेर तिब्र प्रतिष्पर्धा छ । साधन स्रोत, प्रविधि, र भौगोलिक निकटताको परम्परागत सम्बन्धको कारण त्यस्तै गरी श्रम, सीप, र गुणस्तरका कारण अर्कोतर्फ सहकार्य पनि छ ।


वर्तमान विश्व परिवेशमा थप नयाँ–नयाँ आणविक हतियार सम्पन्न राष्ट्रहरु विश्व राजनीतिमा देखा पर्दै छन् । उदाहरणको रुपमा उत्तर कोरिया ,जसले अमेरिका जस्तो महाशक्तिशाली राष्ट्रलाई बारम्बार चूूनौती दिइरहेको छ। विगतमा उत्तर कोरियाप्रति आर्थिक नाकाबन्दी सहितको लामो घेराबन्दीको प्रयास गरिरहेको अमेरिका अहिले सहकार्य गरांै भन्दै वार्ताको लागि हात अगाडि बढाइरहेको छ । उसले अमेरिका आफ्नो क्षेप्यास्त्रको निसाना भित्र परिसकेको दावी गरिरहेको छ । हाम्रो कुटनीतिक अभ्यास परिस्कृत छैन। पुरानै शैलीको विषयबस्तु भन्दा औपचारिकता केन्द्रित देखिन्छ । समस्या केन्द्रित हुन सकिरहेको छैन । अब राजनीतिक तहमा नै हाम्रो कुटनीति कार्यमूलक र उपलब्धिमूलक हुनुपर्दछ । आर्थिक पत्रिका ‘द इकोनोमिस्ट’ का अनुसार सन् २०२५ सम्म चीनले अमेरिकालाई कुल ग्राहस्थ उत्पादन (जी डी पी ) मा उछिन्दै छ । उदयमान अर्थतन्त्रहरु तिब्रगतिमा विस्तार हुनेछन् । तथ्यांक अनुसार ग्राहस्थ उत्पादनको हिसाबले भारत नेपाल भन्दा १०३ गुणा ठूलो छ भने चीन ५२३ गुणा र अमेरिका ८८१ गुना ठूूलो छ। भारत र चीनलाई आपसी ब्यापार बढाउनु जरुरी छ । त्यसका लागि न्यूनतम समझदारी आवश्यक हुन्छ भने क्षेत्रिय शक्तिको भूमिकाका लागि आ–आफ्नो स्वार्थ अनुरुप चल्नुपर्ने बाध्यता पनि ।

विश्वको पहिलो महाशक्ति राष्ट्र हुन तत्पर चीनलाई सामरिक कोणबाट नै रोक्न संयुक्त राज्य अमेरिका र उसका निकट यूरोपेली राष्ट्रहरु अग्रसर रहेका छन् । चीनले हालै प्रस्ताव गरिरहेको ‘बेल्ट एण्ड रोड’ अवाधरणा परम्परागत पंक्तिमा शक्ति राष्ट्रहरु आतंकित भैरहेका छन् । अमेरिकाको परम्परागत प्रतिद्वन्दी रुसको स्थानमा अब चीन आइपुगेको छ । आजको विश्व सम्बन्ध जटिल छ, र त्यसमा पनि आफ्नो मुलुकको हितलाई ध्यानमा राखेर नीति निर्माण गर्नु हाम्रो जस्तो मुलुकलाई चुनौती छ । कटुतापूर्ण सम्बन्धमा रहँदै आएका दुई मुलुक जापान र दक्षिण कोरिया वर्तमान विश्वका आर्थिक राष्ट्रहरु हुन् । दुई देशले एसियाको ठूूलो बजार हिस्सा ओगट्ने भारतसँग सम्बन्ध विकास गर्न चाहन्छन् । त्यसको फाइदा नेपालले पनि ’स्पील ओभर इफेक्ट’ को रुपमा भएपनि प्राप्त गर्न सक्दछ ।

अन्तराष्ट्रिय सम्बन्ध (कुटनीति)मा प्राप्त अवसरलाई सोचविचार गरेर आफ्नो राष्ट्रको स्वार्थ अनुकुल हुने गरि अघि बढ्नु सम्बन्धित मुलुकका नीति निर्माता र कुटनीतिज्ञहरुको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षा र स्वास्थ्य सबै देशका लागि उत्तिकै महत्वपूर्ण हुन्छ । भारतले कुल ग्राहस्थ उत्पादनको १.२ प्रतिशत र चीनले २.७ प्रतिशतको लगानी यी दुइ क्षेत्रमा गरेका छन् । एशिया प्रशान्त क्षेत्रका उत्पादनमुलक क्षेत्रका १३०० उद्योगहरुमा ठूला ५० मध्ये भारतमा मात्र १२ ओटा, चीनमा १६ वटा छन् । दक्षिण कोरियाले अन्य मुलुकले सय वर्ष लगाएर गरेको कृषि, उद्योग, र सेवा क्षेत्रको विकास तीस वर्षमा नै सम्पन्न गरेको । मुलुकको स्वतन्त्रता अस्तित्वको बलियो आधार हो नेपालको गौरवशाली इतिहास । अब स्वतन्त्रताको इतिहासले मात्र आर्थिक समृद्धि आउँदैन।


नेपाल–भारत बीचका समस्याहरु :
१. खुला सिमाना : जुन भारतीयक लागि बढी र नेपालीका लागि कम खुला छ । खुला सिमानाको अवैध फाइदा भारतीयले लिएका छन् ।
२. जलस्रोत ब्यवस्थापन :अहिलेको भारतको नीति भनेको भोलि ’तल्लो तटीय अधिकार दाबी गर्न पाउनेगरी आफ्नो क्षेत्रमा द्रुतगतिमा सिञ्चाई संरचना विकास गर्ने र त्यतिन्जेलसम्म नेपालका नदीहरुमा तटबन्ध गर्न प्रत्येक वर्ष अनुदान दिइदै आएको छ ।
३. पारवहन सुविधा : भूपरिवेष्ठित मुलुकका रुपमा नेपालले पाउनुपर्ने समुन्द्रसम्मको सहज पहँुचमा भारतले दशकौंदेखि किचलो गर्दै आएको छ । यसले नेपालको आर्थिक र समजिक्क्षेत्रको विकासमा धेरै किसिमकाअवरोध सिर्जना भएको छ । नेपाल आर्थिक रुपमा कुनै पनि वस्तुमा कसैसँग पनि प्रतिष्पर्ध गर्न नसक्ने उच्च मूल्य (हाई कस्ट इकोनोमी ) बनेको छ।
४. नेपाली राजनीतिको सुक्ष्म ब्यवस्थापन (माइक्रो म्यानेजमेन्ट) हस्तक्षेप ।
५. त्रिपक्षीय सम्बन्ध (नेपाल,भारत ,चीन) चीनले एक हजार मेगावाट भन्दा ठुला जलविद्युत, उद्योगमा लगानी गर्न खोज्छ, तर, भारतीय अवरोधले गर्दा सफल हुन पाएको छैन ।

स्पेन, टर्की र सब भन्दा पछि ग्रीसको अर्थतन्त्रमा आएको संकट असमान मुलुकहरुका बीचको सहकार्यको नतिजा हो भनिन्छ । त्यसैले नेपाल ले त्रिपक्षीय सम्बन्धका कुरामा लाभ–हानिको राम्रो लेखा–जोखा गरेर मात्र प्रवेश गर्नुपर्दछ । नेपालको भौगोलिक असुविधाबाट आफ्नो लागि रणनीतिक लाभ आर्जन गर्ने भारतीय सोँच र नीति नै नेपाल र भारत बिचको मित्रताको सबैभन्दा ठूूलो बाधक हो । वर्तमान विश्वको मूल्य मान्यतामा व्यापक परिवर्तन आयको छ । आजको द्रुत संचारले गर्दा एउटाले अर्कोलाई, सानालाई ठूूलाले सहजै थिचोमिचो गर्ने अन्तराष्ट्रिय अवस्था छैन।

भारतले नेपालमा गरेको नाकाबन्दी लगत्तै चीनले नेपालको अनुरोधलाई विचार गरि भारतसँगग संवाद गर्ने तथा आफूूले पुर्याउनुपर्ने सहयोगमा हरसम्भव प्रयास गर्ने वक्तब्य बेइजिङ्गले जारी गरेपछि मात्र उक्त नाकाबन्दी अन्त्य भयको थियो । चीनको पुनरादय नेपालका लागि एउटा नयाँ अवसर हुन सक्छ । चीनको तिब्र विकास गतिका कारण नेपालका लागि सम्बन्धको वर्तामान आधार झनै महत्वपूर्ण हुन्छ । चीनले नेपाललाई दक्षिण एशियाका लागि प्रवेशद्वार मानेको छ । त्यसैले उसले ’बेल्ट एण्ड रोड’ अवधारणामा नेपालको सहयोग र साथ खोजिरहेको छ । स्थलमार्गबाट नेपाल हुँदै दक्षिण एशियामा व्यापार गर्न उसले नेपालको उत्तरी सिमानासम्म रेल लाइन विस्तार गरिसकेको छ ।

नेपालले खस गरेर कृषि, जलस्रोत , पर्यटन र उद्योग क्षेत्रमा सहकार्य गरेर उत्पादन वृद्धि गरि निकासीमा सहयोग बढाउन सक्छ । चीनबाट हामीले धेरै परिमाणमा सस्तो लागतका बस्तु उत्पादन र बिक्रि वितरणको सीप अनुसरण गर्न सक्नुु पर्दछ । सामरिक र आर्थिक हित हुने बैदेशिक सम्बन्ध तथा त्यसलाई कार्यान्वयन गर्ने क्षमताले मात्रै नेपालको भलो हुन्छ । छिमेकीहरु र विश्व शक्तिसँगको सम्बन्ध धैर्य, सन्तुलित मूूल्यांकन, विगतको अनुभव, नेपालको हितबाट निर्देशित एवम् नैतिक बलबाट आर्जित साहसबाट संचालन हुनु पर्दछ ।–(प्रस्तुत लेखमा उल्लेखित तथ्यहरु कृष्ण प्रसाद सिग्द्यालद्वारा लिखित पुस्तक ‘नेपाल छिमेक र विश्व’ बाट सन्दर्भ को रुपमा लिइएको हो) –लेखक पौडेल प्राध्यापन पेशामा संलग्न छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।