ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटनामा दिदी भाइको मृत्यु

आइतबार, १२ भदौ २०७९, २० : ५०
16 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटनामा परी दिदी भाइको मृत्यु भएको छ । दुर्घटनाबाट तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र उनका भाइ ७ वर्षिय सुग्रीम खरालको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहनबहादुर खाणले ग्लोबल आवाजलाई जानकारी दिए ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । उनीहरुको क्रिमसन अस्पताल मणिग्राममा उपचार भईरहेको छ । मृतक दिदि भाइ सवार मोटरसाइकलमा ४ जना र अर्को मोटरसाइकलमा २ जना सवार रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।