ताजा अपडेट »

हिमालय एयरको बेस्ड ट्रेनिङ्ग भैरहवामा

शुक्रबार, १० भदौ २०७९, ०८ : ४५
6 Shares


भैरहवा । नेपालमै काठमाण्डौं बाहिर पहिलो पटक भैरहवामा हिमालय एयरलाईन्सले बेस्ड ट्रेनिङ्ग गरेको छ । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा हिमालयले बिहिबार उक्त ट्रेनिङ्ग गरेको हो ।

अत्याधिक महङ्गो मानिएको यो तालीम नेपाली एयरलाईन्सहरुले यस अघि प्राय भारतको बनारसमा गर्ने गरेका थिए । पहिलो पटक भैरहवामा गरिएको बेस्ड ट्रेनिङ्गले भैरहवामा हवाई उडान यस संग सम्बन्धित अन्य तालीमको सम्भावना त बढाएकै छ साथै यस्तो तालीमको लागी बिदेश जाने ठूलो धनराशी समेत जोगिने भएको छ ।
जहाजहरुले आफ्नो उड्ने र ओर्लने गन्तब्य भन्दा बाहिर (बेस भन्दा बाहिर) लगेर पाईलटलाई तालीम दिनु पर्ने हुन्छ ।” गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका प्रवक्ता सुरेश झाले भने “यो तालीम नभई पाईलटहरु तयार हुन सक्दैनन र क्याप्टेन हुन सक्दैनन । धेरै महङ्गो हुने भएकोले समूहमा यो तालीम गर्ने गरिएको छ ।”

झा का अनुसार प्रति पाईलट ५० लाखको हाराहारीमा खर्च हुने भएकोले बार्षिक करौडौ रुपैया बाहिरिने गरेको थियो । यो सुविधा काठमाण्डौंमा मात्र थियो । तर सबैले काठमाण्डौंमा तालीम गर्न सम्भव नभएको कारण बाहिर गएर गर्ने गरिएको थियो । “अहिले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल यसको लागी तयार रहेकोले यहाँ आएर गर्नु भयो ।” झाले भने “यहााबाट सफलतापूर्वक सम्पन्न गरि गएको र सबै कुरा राम्रो भन्ने आएकोले भविष्यमा हिमालय एयरलाईन्सले पनि यहाबाट उडान गर्ने सम्भावना रहेको छ ।”

भदौ ३१ देखी जजीराको दैनिक उडान
गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलबाट उडान गरिरहेको एक मात्र अन्र्तराष्टिय बिमान कम्पनी जजीरा एयरलाईन्सले भदौ ३१ गते देखी दैनिक एक उडान गर्ने जनाएको छ । बिमानस्थल सुरु भए देखी नै सातामा ३ वटा उडान गर्दै आएको जजीराले राम्रो यात्रु पाएको कारण उडानलाई दैनिक गर्न लागेको हो । जजीरा एयरलाईन्सका कन्ट्री म्यानेजर अमित नागरथले यात्रुको चापलाई हेरेर आगामी भदौ ३१ देखी दैनिक उडान गर्ने जनाए । “बिमानमा आउने जानेको राम्रै चाप रहेको छ । यसैलाई हेर्दै दैनिक उडान गर्दैछौं ।” उनले भने “आगामी दिनमा पनि यात्रुहरुको माया यसै गरि कायम रहनेछ भन्नेमा बिस्वस्त छौं ।”

जेठ २ गते देखी उडान सुरु गरेको जजीराबाट अहिले सम्म ४६ वटा उडान गरेको छ । यी उडानबाट उसले ५ हजार ३५ जना भैरहवा बिमानस्थल आएका र ५ हजार ८ सय ३ जना बिमानस्थलबाट गरि जम्मा १० हजार ८ सय ३८ यात्रुले उडान भरेको बिमानस्थलमा प्रवक्ता सुरेश झाले जानकारी दिए । झा का अनुसार भदौ ११ गते देखी नै जजीराले प्रत्येक उडानमा २ टन कार्गो समेत लैजाने भएको छ । यसले यस क्षेत्रका उत्पादनहरुले प्राथमिकता पाउने उनको भनाई छ ।

विज एयरको उडान कार्तिक १३ बाट
झाले यस अघि नै स्विकृति लिएको विज एयरले कार्तिक १३ गतेबाट उडान गर्ने तालिका रहेको जनाएका छन् । उनले अहिले सातामा ३ वटा उडान गर्ने गरि एयरलाईन्सले मार्केटिङ्ग र टिकेटिङ्गको लागि स्विकृत लिएको बताए ।आबुधाबी–भैरहवा–आबुधाबी उडान गर्ने विज एयरले कुन दिन र कति बजे उडान गर्ने भन्ने जानकारी अहिले नै निश्चित भएको छैन ।

छुटका कारण एयरलाईन्सहरु आकर्षित
३ महिना अघि मात्र सञ्चालनमा आएको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलले बिमान कम्पनीहरुलाई दिएको छुटको कारण अहिले बिमान कम्पनीहरु यहा आउन उत्सुक रहेका छन् । बिमानस्थलका प्रवक्ता सुरेश झा का अनुसार बिमानस्थलमा ल्याण्डिङ्ग, पार्किङ्ग र नेभिगेसनमा सत प्रतिशत छुट दिईदै आएको छ । यसैमा भदौ २ गते देखी बिमानस्थलले ग्राउण्ड हेण्डलिङ्गमा समेत ५० प्रतिशत छुट दिने निर्णय गरेको झा ले बताए ।
गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा अहिले एयर अरेबिया, फ्लाई दुबई लगायतले पनि चासो देखाई रहेको र आफ्नै तरिकाले बजारको बिश्लेषण गरिरहेको बिमानस्थलका प्रवक्ता झाले बताए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा