ताजा अपडेट »

मिस नेपाल यूनिभर्सलको उपाधिका लागि बुटवलबाट रेनुका र अनु प्रतिष्पर्धा गर्दै

बुधबार, ०८ भदौ २०७९, १३ : ३६
12 Shares

बुटवल । ओरिफ्लेम मिस यूनिभर्सल नेपाल–२०२२ मा बुटवलबाट २ जना प्रतिष्पर्धी उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । उपाधिसँगै १० लाख नगद पुरस्कार रहेको सौन्दर्य प्रतियोतिाका उत्कृष्ट २० मा बुटवलका २ जनालाई प्रतिष्पर्धा गर्दैछन् ।

त्यसैगरी प्रतियोगिताका विजेताले स्कूटी, गिफ्टह्याम्परसहित मिस यूनिभर्सलमा नेपालबाट प्रतिनिधित्व गर्न पाउने छन्। भोलि बिहीबार हुने ग्राण्ड फिनालेमा बुटवलकी रेनुका चौधरी र अनु अनमोल क्षेत्रीले प्रतिष्पर्धा गर्दैछन् ।

प्रतियोगितामा काठमाण्डौंसहित बुटवल, पोखरा, चितवनको भरतपुर, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत लगाएत देशभरका शहरहरुबाट सहभागिता जनाएका छन् ।
उमङ्ग क्रिएसनको आयोजना, मिस यूनिभर्सल नेपालका लागि राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठको विशेष भूमिकामा प्रतियोगिता भएको हो ।

प्रतियोगिताको यस सिजनमा तेस्रोलिङ्गी महिला तथा एनआरएन युवतीहरुलाई समेत सहभागिता जनाएका छन् । भोलि बिहीबार हुने ग्रण्ड फिनालेमा मतदान गरी आफूलाई विजयी गराउन बुटवलबाट प्रतिनिधित्व गरेका प्रतिष्पर्धीद्वयले हार्दिक अपिल गरेका छन् ।

मिस यूनिभर्सल जस्तो ठूलो तथा महत्वपूर्ण प्रतियोगितामा बुटवलबाट २ जना प्रतिष्पर्धा गर्नु बुटवलका लागि गौरवको कुरा भएके बताउँदै भोटसँगै प्रोत्साहन गर्न बुटवलबाटै देशव्यापी रुपमा सफल र चर्चित बन्न सफल कोरियाग्राफर सुजित बस्यालले पनि आग्रह गरेका छन् । रेनुका र अनुलाई भोट गर्नक लागि खल्ती एप्स गई उनीहरुको फोटो क्लिक गरी भोट गर्न सकिने कोरियाग्राफर बस्यालले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।