ताजा अपडेट »

सकियो व्यवसाय व्यवस्थापन तालिम

मंगलबार, २२ माघ २०७५, १३ : ५५
6 Shares


माघ २२,
बुटवल । रुपन्देही उद्योग संघ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान बुटवलको संयुक्त आयोजनामा सञ्चालित पाँच दिने एकिकृत व्यवसाय व्यवस्थापन तालिम मंगलवार एक कार्यक्रमकावीच समापन भएको छ ।


औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा आयोजित तालिमको समापनका अवसरमा बोल्ने बक्ताहरुले मुलुकको आर्थिक संमृद्धिका लागि औद्योगिक विकास हुनु जरुरी रहेकाले सरकार र नीजि क्षेत्रले त्यसमा जोड दिनु पर्ने बताएका थिए । उनीहरुले उद्योगको स्थापना र त्यसको सहि व्यवस्थापनमा यस प्रकारका तालिमले सहयोग पु¥याउने हुँदा तालिममा लिएको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।


कार्यक्रममा बोल्नुहुँदै संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले उद्योगीहरुको समस्या र आवश्यकता एकाकार भएर संघले आफ्ना गतिविधि अगाडि बढाउने क्रममा यस प्रकारका तालिमहरु गर्दै आएको स्मरण गराउनु भयो । उहाँले व्यवसाय विकासका लागि सहकार्यको संस्कृति अवलम्बन गर्न आग्रह गर्दै तालिममा सिकेका कुरा ५० प्रतिशत मात्र पनि व्यवहारमा कार्यान्वयन गर्न सकेमा परिणाम सुखद रहने विश्वास व्यक्त गर्नु भयो ।


सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष डम्मरदेव अर्यालले उद्योग खोल्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने कुरा फलामको च्युरा चपाउनु जस्तै रहेको बताउँदै देश विकासका लागि यो बाहेक अर्को बाटो पनि नभएका कारण सहकार्यमा अगाडि बढ्न सुझाव दिनु भयो । उहाँले व्यवसाय सञ्चालनका लागि पूँजी मात्र भएर हँुदै भन्दै त्यसको सही प्रयोग गर्न जान्नु जरुरी रहेको बताउँदै यसप्रकारको तालिमले मार्ग निर्देश गर्ने विश्वास व्यक्त गर्नु भयो ।


संघका सचिव जिवनाथ काफ्लेको सञ्चालन तथा अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा तालिमका सहजकर्ता प्रतिष्ठानका प्रमुख मुकुन्द ज्ञवाली, प्रशिक्षार्थी मञ्जु भुसाल, लोकेन्द्र लिम्बु लगायत बोल्नु भएको थियो । तालिममा विभिन्न उद्योग प्रतिष्ठानबाट २८ जनाको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।