ताजा अपडेट »

हरियो खुर्सानीका अचम्ममा पार्ने खालका सात फाइदाबारे थाहा छ ?

शनिबार, २१ मंसिर २०७६, १० : २४
6 Shares

हरियो खुर्सानीमा कैयन पोशक तत्वहरु पाइन्छ, जस्तै भिटामिन ए, बी-6ऽ, सी, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड आदि । यति मात्रै होइन यसमा बिटा क्यारोटिन, क्रिप्टोक्सान्थिन, लुटेन- जक्सन्थिन जस्ता स्वास्थ्यवर्धक तत्वहरु पनि रहेको हुन्छ ।

त्यसो त सामान्यतया हरियो खुर्सानीको प्रयोग खानालाई स्वादिष्ट बनाउन हुने गरेको छ । जिब्रोको स्वादका लागि खाइने खुर्सानी हाम्रो स्वाथ्यका लागि पनि फाइदाजनक छ भने त दुवै हातमा लड्डु भनेजस्तो भएन र ?

आउनुस्, हरियो खुर्सानी खाँदा हुने ७ वटा फाइदाबारे जानकारी लिऔं-

१. हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सी’ले अन्य भिटामिनलाई समेत शरीरमा राम्रोसँग घुल्न मद्दत गर्दछ ।

२. हरियो खुर्सानी एन्टी-अक्सिडेन्टको महत्वपूर्ण स्रोत हो । यसमा डाइट्री फाइबर्स प्रचुर मात्रामा पाइन्छ, जसले पाचन प्रक्रियालाई सुचारु राख्न सघाउँछ ।

३. भिटामिन ए समेत पाइने हरियो खुर्सानी आँखा र छालाका लागि पनि फाइदाजनक छ ।

४. हालै भएको एक सर्वेका अनुसार हरियो खुर्सानीले ब्लड शुगर कम गर्न मद्दत गर्दछ ।

५. हरियो खुर्सानीले ‘मूड बुस्टर’को पनि काम गर्छ । यसले मस्तिष्कमा एन्ड्रोफिनको सञ्चार गराउँछ, जसका कारण हाम्रो मूड ताजा र खुसी रहन मद्दत मिल्दछ ।

६. केही अनुसन्धानको नतिजामा विश्वास गर्ने हो भने यसले लङ्ग क्यान्सरबाट पनि बचाउन मद्दत गर्दछ । यद्यपी यस कुराको आधिकारिक पुष्टी भने भएको छैन ।

७. हरियो खुर्सानीमा एन्टि-ब्याक्टोरियल गुण हुन्छ । जसले शरीरलाई ब्याक्टोरिया फ्री रहन मद्दत गर्छ । साथै यसले रोग प्रतिरोधी क्षमता पनि बढाउन भूमिका खेल्छ ।- साझापोष्ट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।