ताजा अपडेट »

क्यानडा जान चाहनेहरुका लागि बुटवलमा सेमिनार

शनिबार, ०४ भदौ २०७९, २१ : १२
6 Shares

बुटवल । क्यानडा जान चाहनेहरुका लागि आइतबार बुटवलमा एक दिने सेमिनार सञ्चालन हुने भएको छ । क्यानेडियन स्टडी सेन्टर तथा बीबीसी एजुकेशन प्रा.लि. बुटवलको संयुक्त आयोजनामा जानकारीमूलक फ्रि सेमिनार हुन लागेको हो ।

बुटवलको सिद्धार्थ कटेजमा हुने सेमिनारमा विभिन्न जिल्लाका ३ सय बढी विद्यार्थी सहभागी हुने आयोजक संस्थाका सञ्चालक डिबी रायमाझीले जानकारी दिए । नि:शुल्क रुपमा सहभागी हुन पाउने उक्त सेमिनारमा क्यानडाबाट आएका एक्सपर्ट इमिग्रेशन काउन्सिलर असोक पौडेलले सहजीकरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा क्यानडा अध्ययनका लागि विभिन्न कलेज तथा विश्वविद्यालयका कार्यक्रम, छात्रावृत्ति, भिसा प्रक्रिया तथा क्यानडा जानका लागि डकुमेन्टेसन लगायतका बारेमा जानकारी गराइने भएको छ ।

यसैगरी सेमिनारमा सहभागि भएका विद्यार्थी तथा अन्यका लागि समेत १ सातासम्म क्यानेडियन स्टडी सेन्टर बुटवल–६ ट्राफिकचोकमा फ्रि काउन्सेलिङको व्यवस्था गरिएको सञ्चालक डिबी रायमाझीले जानकारी दिए । क्यानडा जानका लागि आवश्यक प्रक्रिया तथा कागजातका बारेमा क्यानडाबाट आएका इमिग्रेसन काउन्सिलर असोक पौडेलसँग प्रत्यक्ष भेटगरी सल्लाह लिन सकिने उनले बताए । विगत ३ वर्षदेखि कक्षा सञ्चालन गर्दै आएको क्यानेडियन स्टडी सेन्टर माफर्त हालसम्म सय बढी विद्यार्थी क्यानडा पुगेको रायमाझीले दाबी गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।