ताजा अपडेट »

नवलपरासीमा एक वर्षमा १८७ वटा सवारी दुर्घटना : ३४ जनाको मृत्यु, २७८घाइते

विहीबार, ०२ भदौ २०७९, ११ : १३
6 Shares

परासी । पश्चिम नवलपरासीमा एक वर्षको अवधिमा १ सय ८७ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परि गत आर्थिक वर्ष २०७८/०७९ मा ३४ जनाको मृत्यु भएको छ भने २ सय ७८ जना घाइते भएका छन् । सवारी दुर्घटनामा भने गत आर्थिक वर्षमा भन्दा समान्य कमि आएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा १ सय ९४ सवारी दुर्घटना भएका थियो । दुर्घटनामा परि ५१ जनाको मृत्यु भएको थियो भने २ सय ८६ जना घाईते भएका थिए । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा २४ हजार ९ सय ९३ सवारी कारवाहीमा परेका छन् । कारवाही गरीएका सवारीबाट एक करोड ४४ लाख ८७ हजार पाँच सय रुपैया बराबर राजश्व संकलन गरीएको थियो ।

आर्थिक वर्ष २०७७÷०७८ मा भने १९ हजार ९ सय ३६ सवारी कारवाहीमा परेका थिए । गत आर्थिक वर्षमा एक करोड १९ लाख ४७ हजार ५ सय रुपैया बराबर राजश्व संकलन भएको लिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख मधुसुधन सिंहले जानकारी दिए।

आर्थिक वर्ष २०७८/७९ मा ५ सय ७८ वडा दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको ट्राफिक प्रहरीले जनाएको छ । ति कार्यक्रमबाट गत आर्थिक वर्षमा ९ हजार ४ सय ३१ जना लावान्भित भएका छन्। आर्थिक वर्ष २०७९ असार ६ गतेदेखि भने १ हजार १ सय ८४ रिफ्रेस सेन्टरबाट तिस हजार ७४ जना लावान्भित भएका छन् ।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा सवारीमा दुई जना चालक नभएका ११ ओटा सवारी कारवाहिमा परेका छन् यो सङख्या अघिल्लो आर्थिक वर्षमा ७२ थियो । गत आर्थिक वर्षमा कारवाहीमा परेकाबाट ७२ हजार राजश्व रकम संकलन भएको छ । लामो दुरीमा दुई जना सवारी चालक अनिवार्य राख्नुपर्ने भएपनि कार्यान्वयन भएको छैन ।

प्रहरीले दुई जना सवारी चालक नराखेको भएपनि जरिवाना तिराएर छाड्ने गरेको छ । ट्राफिक प्रहरी प्रमुख सिहंले बाध्यताका कारण छाड्नुपरेको बताए । जहाँबाट बसको यात्रा सुरु हुन्छ सो स्थानमै दुई जना चालक भए नभएको एकिन गरेर मात्र सवारी सञ्चालनको अनमुति दिएमा बीचमा कडाई गर्न सकिने अवस्था रहेको उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।