ताजा अपडेट »

प्लास्टिक झोला प्रतिबन्ध : कार्यान्वयनमा चूनौतीपूर्ण

विहीबार, ०२ भदौ २०७९, १० : ५३
6 Shares

काठमाडौं । सरकारले ४० माइक्रोन भन्दा पातलो प्लास्टिक झोला प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ ।

प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न उत्पादन, आयात, विक्री वितरण र प्रयोग गर्नमा पूर्णरूपमा प्रतिबन्ध लगाएको वन तथा वातावारण विभागले जनाएको छ ।

चालिस माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगले वातावारणमा अत्यन्त प्रतिकुल प्रभाव पारेको भन्दै सरकारले यसको उत्पादन,विक्रि वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

प्लाष्टिक झोला आधुनिक जीवन शैलीको एउटा अभिन्न अङ्ग बनिसकेकाले प्लाष्टिक झोला प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयन चुनौतिपूर्ण रहेको वातावरण पत्रकार समूहका अध्यक्ष कसमस विश्वकर्माको भनाइ छ ।

अन्य विकल्प नदिई एक्कासी प्रतिबन्ध लगाउँदा उपभोक्ताहरुलाई आफैले झोला बोकेर सामान किन्न जाने बानी पार्न प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उनले सुझाव दिए ।

विगतमा पनि प्लाष्टिक प्रतिबन्ध लगाउने निर्णय गरिएका भएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । मन्त्रिपरिषद्को गत माघको निर्णयबाट प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई भदौ १ गतेदेखि प्रतिबन्ध गरिएको वन तथा वातावारण विभागले जनाएको छ ।

अबदेखि अनुगमनको दायरा फराकिलो बनाइ कार्यान्वयनमा कडाइ गरिने विभागका प्रवक्ताशंकर प्रसाद पौडेलले बताए । घरबाट निस्कने फोहोरमा धेरै प्लास्टिक झोलाहरुहुने गरेका छन् ।

४० माइक्रोन भन्दा पातलो झोलालाइ पुन प्रशोधन गर्दा पनि मेसिन जाम हुने र मर्मत झन्झटिलो हुने भएकाले पुन प्रयोगमा ल्याउन कठिन देखिएको विज्ञहरुको भनाइ छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।