ताजा अपडेट »

पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट अटो रिक्सामा सवार ३ जनाको मृत्यु, एक घाइते

विहीबार, ०२ भदौ २०७९, १० : २१
13 Shares

काठमाण्डौं । पूर्व-पश्चिम महेन्द्र राजमार्गमा बसको ठककरबाट अटो रिक्सामा सवार ३ जनाको ज्यान भएको छ भने एक गम्भीर घाइते भएका छन् । रौतहटको उत्तरी भेग चन्द्रपुर नगरपालिका-२  मा विहिबार बिहान ५ बजे दुर्घटना भएको हो ।

काठमाण्डौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो आपसमा ठक्कर खाएका हुन् । अटोमा सवार ४ जना  मध्ये  ३ जनालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ । मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मगरको दुवै खुट्टामा चोट लागेको छ । घाइते सविनाको चन्द्रपुर अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगन्ज पठाइएको प्रहरीले बताएको छ ।  दुर्घटनामा परेको बस तथा  चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।