ताजा अपडेट »

यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम

विहीबार, ०२ भदौ २०७९, ०८ : २४
18 Shares

बुटवल । धरान उप–महानगरपालिकाबाट स्वतन्त्र निर्वाचन लडी विजयी भएका मेयर हर्क साम्पाङ राष्ट्रिय रुपमै चर्चामा छन् । विजयसँगै चर्चामा आइरहेका उनले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका छन् ।

आफ्नो आधिकारिक फेसबुक एकाउन्ट हर्क साम्पाङ ए रिभोलुसनमार्फत उनले सार्वजनिक गरेको कार्य विवरणमा ४ ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख विरुवा रोपेको उल्लेख छ ।

त्यसैगरी सरसफाइमा देखिने सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, लागूऔषध विरुद्धको अभियान शुरु गरेको उनले उल्लेख गरेका छन् ।

उनले आफूलाई ‘१०० दिनमा के गरिस तँले ?’ भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै उत्तर दिएका छन् :

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मुहान थपे !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए !
४. ६ लाख विरुवा रोपे !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !#हर्क साम्पाङ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।