ताजा अपडेट »

मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु

बुधबार, ०१ भदौ २०७९, २२ : ४४
6 Shares

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘भारतलाई पहिलो बनाऔँ’ अभियानको घोषणा गरेका छन् । आम आदमी पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका केजरीवालको यो अभियान राष्ट्रव्यापी हुने बताइएको छ ।

“भारतलाई विकास गरेर फेरि पनि विश्वकै सबैभन्दा अगाडि लैजान चाहन्छौँ, त्यो काम हामीले नै गर्ने हो,” बुधबार उनले भने । भारतलाई विश्वकै सबैभन्दा अग्रस्थानमा रहेको मुलुक बनाउनका लागि सबै भारतीय नागरिकले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । 

अभियान घोषणा समारोहमा उनले भने, “यो सबैको जिम्मेवारी र चाहना हो, त्यसैले यो अभियान पनि सबैको साझा अभियान हो, सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ ।” धेरै बर्ष अगाडि भारत विश्वमै सबैभन्दा अग्रस्थानमा रहेको चर्चा गदै उहाँले फेरि अग्रपंक्तिमा लैजानका लागि यस अभियानमा सबै नागरिक जोडिनु पर्नेमा जोड दिए ।

यसअघि उनले गत मङ्गलबार देशभरीका सबै बालबालिकाहरुले गुणस्तरीय शिक्षा निःशुल्क पाउनु पर्ने बताएका थिए । देशलाई अग्रपंक्तिमा लैजानका लागि हरेक नागरिकले युद्धस्तरमा काम गर्नुपर्नेमा उनले पटक पटक जोड दिए । 

“मसँग एउटा मात्रै सपना छ, भारतलाई विश्वकै सबैभन्दा शक्तिशाली र सबैभन्दा बढी विकसित मुलुक भएको देख्न पाइयोस्,” उनले भने ।  भारत विश्वकै सबैभन्दा बढी धनी भएको आफूहरुले हेर्न चाहेको मुख्य मन्त्री केजरीवालको भनाइ छ । त्यसका लागि सबै भारतीय नागरिक धनी हुनुपर्ने उनको भनाइ छ । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।