ताजा अपडेट »

लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान

बुधबार, ०१ भदौ २०७९, १८ : ४८
4 Shares

बुटवल । लुम्बिनी फोटोग्राफर संघले सफ्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । संघले विश्व फोटोग्राफी दिवसको अवसर परेर सप्ताहब्यापी कार्यक्रमहरु आयोजना गरेको हो ।

कार्यक्रम अन्तर्गत बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसंचार केन्द्र बुटवलमा भएको कार्यक्रममा ५० जना फोटोग्राफरले रक्तदान गरेका कार्यक्रमका संयोजक बेचेन्द्र यादवले जानकारी दिए।

लुम्बिनी फोटोग्राफर संघ मनिष पन्थको अध्यक्षता, नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद चापागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य माधव प्रसाद पन्थ ,कमला तिवारी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन संस्थाका महासचिव माधव प्रसाद पन्थले गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।