ताजा अपडेट »

कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार !

बुधबार, ०१ भदौ २०७९, १६ : ५९
29 Shares

कपिलबस्तु । कपिलबस्तुको चन्द्रौटास्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टले तीज विशेष कार्यक्रम गर्ने भएको छ । रिसोर्टले नारीहरुको महानपर्व हरितालिका तीज–२०७९ को अवसरमा भदौं ९ गते बिहीबार सांगीतिक कार्यक्रमसहित तीज विशेष कार्यक्रम आयोजना गर्न लागेको रिसोर्टका अप्रेशन म्यानेजर राजकुमार केसीले जानकारी दिए ।

‘हस्पिटालिटी फ्रम द हर्ट’ भन्ने मूल नारासहित सिद्धार्थ गु्रप अफ हस्पिटालिटीद्वारा सञ्चालित रिसोर्टले तीजको अवसरमा स्थानीय कलाकारसहित शुपथ मूल्यमा सांगीतिक माहौलसँगै खानपिनसहित तीज विशेष कार्यक्रम आयोजना गरिएको रिसोर्टका म्यानेजर केसीले बताए।

उनका अनुसार लोक दोहोरी गायिका मञ्जु भट्टराईसहित अन्य स्थानीय कलाकारको साथै सहभागीहरुको पनि गीत–तथा नृत्य प्रस्तुती रहने उक्त कार्यक्रममा प्रतिव्यक्ति रु ८ सय ९९ शुल्क राखिएको छ ।

उक्त शुल्कमा वेलकम ड्रिङ्स, अनलिमिटेड स्न्याक्स , ननभेज लञ्चको प्रबन्ध मिलाइएको उनले जनाए । कार्यक्रममा महिलाहरुलाई विशेष प्राथमिकता दिइने र सहभागीहरुलाई टिकटमै पुरस्कारको समेत व्यवस्था रहेको रिसोर्टका अप्रेशन म्यानेजर केसीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।