ताजा अपडेट »

निर्वाचन नजिकिएसँगै फेरि गृहजिल्ला जाँदै एमाले अध्यक्ष ओली

बुधबार, ०१ भदौ २०७९, १६ : ०७
12 Shares

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार गृहजिल्ला झापा आउने भएका छन् ।आगामी मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै एमाले अध्यक्ष ओलीको गृहजिल्ला र निर्वाचन क्षेत्रको भ्रमण बाक्लिएको हो ।

अध्यक्ष ओली साउनको दोस्रो साता चार दिन झापा बसेर राजधानी फर्किएका थिए। अध्यक्ष ओली बिहीवार पुनः तीन दिने झापा बसाईको कार्यक्रम बनाएर आउने भएका हुन् ।बिहीवार विहान अध्यक्ष ओली झापाको बनियानीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य बसन्त बाँनियाले जनाए ।

झापा आएपछि सो कार्यक्रमलाई सम्बोधन गरी अध्यक्ष ओली आफ्नो गृहनगर तथा निर्वाचन क्षेत्र दमकमा बस्ने कार्यक्रम रहेको छ। यस्तै भदौ ३ गते शुक्रवार अध्यक्ष ओलीले क्षेत्र नं ५ का विभिन्न समुदायहरुलाई अलग अलग भेटघाटको कार्यक्रम तय गरिएको छ ।गत साउनको ११ देखि १४ गतेसम्म झापा भ्रमणमा भेटघाटको समय नमिलेका विभिन्न संघ संस्था र समुदायलाई अलग अलग भेटघाटको कार्यक्रम राखिएको हो ।

शुक्रवार नै गौरादहमा पनि विभिन्न क्षेत्र र वर्गका व्यक्ति र समुहसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। एमाले झापाका अनुसार भदौ ४ गते विर्तामोडमा आयोजना गरिएको अखिल नेपाल महिला संघ झापाको जिल्ला अधिवेशनको उदघाटन र इन्जिनियरिङ एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गरी अधयक्ष ओली राजधानी फिर्ता हुने कार्यक्रम छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।