ताजा अपडेट »

सन्तानको दीर्घायुको कामना गर्दै कुशको पूजा गरेर तीनछठी पर्व मनाइयो

बुधबार, ०१ भदौ २०७९, १५ : ४६
26 Shares

भैरहवा । भैरहवा तथा यस आसपासका गाउँमा हर्षोल्लासका साथ षष्ठी माता (तीन छठी)को व्रत र पूजा गरिएको छ । भगवान कृष्णका जेठा भाइ शेषावतार बलरामको जन्मदिनको अवसरमा आमाहरूले आफ्ना सन्तानहरुको दिर्घायुको कामनासहित व्रत बस्ने गर्छन ।

आमाहरुले माता हलषष्टीको बिधिपूर्वक पूजा गरी छोराहरुको दीर्घायुको कामना गरेका थिए । यो पर्वमा हलोद्वारा जोतिएको तरकारी एवम अन्नको सेवन गरिदैन तसर्थ विभिन्न पोखरीहरुमा आँफै उम्रिएको साग, तिन्नी चामलको भात लगायत सेवन गरिन्छ । यस दिन तराईका महिलाहरु संयुक्त रुपमा स्थानिय मठमन्दिरमा गई हलषष्टीको महत्व बारे कथाहरु सुन्ने सुनाउने गरिन्छ ।

यस अघि बिहानै महुवाको दतिवन गरि नुहाईधुवाई गरे कुशको बिधिवत रुपमा यसमा गाँठो पारी पूजा गर्ने गरिएको छ । साथै महुवाको फुल, तिन्नी चामल, दहि मिश्रण गरिएको बिशेष प्रकारको प्रसाद वितरण गरिन्छ । यस दिन आमाहरु व्रत बसे उनिहरुको सन्तानले दिर्घायु प्राप्त गर्ने र बिभिन्न संकटहरु भाग्ने विस्वास रहि आएको छ । यस दिनको अवसर पारेर भैरहवामो गल्लामण्डीमा रहेको हनुमान मन्दिरमा बिशेष पूजा हुने गरेको छ । यहा भैरहवा तथा यस आसपासका महिलाहरु कथा श्रवण गर्न आउने गरेका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा