ताजा अपडेट »

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त

बुधबार, ०१ भदौ २०७९, ०१ : २९
25 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा अवस्थित क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । उपचारमा संलग्न डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालमा नाराबाजी गरेपछि तनाव उत्पन्न भएको हो ।

रुपन्देहीको सियारी गाउँपालिका-७ की ३९ वर्षीया अमृता काहारको उपचारका क्रममा मृत्यु भएपछि मँगलबार मध्यराती अस्पताल तनावग्रस्त बनेको छ । पत्थरीको अप्रेशन गराएकी अमृताको एक्कासी मृत्यु भएपछि आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाएका छन् । साउन २५ गते पत्थरीको अप्रेशन गराएर घर गएकी अमृता मँगलबार दिउँसो एक्कासी बेहोस भई ढलेपछि पुनः उपचारका लागि क्रिमसन अस्पतालमै ल्याइएको उनका आफन्तले बताएका छन् । घटना बारे बृस्तित बिवरण आउन बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।