ताजा अपडेट »

जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण

मंगलबार, ३१ साउन २०७९, २१ : ५०
24 Shares

तिलोत्तमा । जन्मदिनको अवसरमा हुने अनावश्यक खर्चलाई तिलोत्तमाका एक युवाले अनाथ आश्रममा सहयोग गरि जन्मदिन मनाएका छन् । तिलोत्तमा नगरपालिका १६ का युवा योगेश पराजुलीले आफ्नो जन्मदिनको अवसरमा तिनपा १५ स्थित अविनाश अनाथ आश्रममा रहेका बालबालिकाको निम्ति साँझको खाना खुवाउन सहयोग गरेका हुन् ।

जन्मदिनको अवसरमा साथीभाइ आफन्त जम्मा भई गरिने फजुल र अनावश्यक खर्च गर्ने प्रवृत्तिको अन्त्यका लागि आफूले यसरी अनाथ बालबालिकाको निम्ति सहयोग गरेको बताए।

साथै जन्मदिनकै अवसरमा तिनपा १५ स्थित कोटहीमाई मिसुजु सेकेण्डरी स्कुलको परिसरमा वृक्षारोपणसमेत गरेका छन् । बकाइनो , धुपी , टिक , जनक जस्ता चार प्रजातिका ८० बिरुवा रोपिएको जानकारी दिएका छन्।

यसरी आश्रमका बालबालिको लागि खाना खुवाउँदा र वृक्षारोपण गर्दा मन हर्षित भएको उनले बताए । जन्मदिन पर्ने अरूले पनि यसरी नै सामाजिक क्षेत्रतर्फ सहयोग गरि जन्मदिन मनाउन उनले आग्रह गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।