ताजा अपडेट »

भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु

मंगलबार, ३१ साउन २०७९, २० : ४७
28 Shares

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले सोमबार बागमती प्रदेश-०१-०२५ च ७८७२ नम्बरको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका-१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन्  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।