८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

बारा । बाराको निजगढ नगरपालिकाबाट गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशननै मौन देखिएको छ । निजगढ नगरपालिका-१२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा गैरनेपालीले नागरिकता पाएको दुई महिना बितिसक्दासमेत जिल्ला प्रशासन कार्यालय बाराले कारबाही गरेको छैन । 

Advertisement

भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत १ असारमा नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको दुई महिनासम्म पनि प्रशसानले कारबाहीको दायरामा ल्याउन सकेको छैन । दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय युवाहरूले गत ८ असारमा इलाका प्रशासन कार्यालय सिमरामा उजुरीसमेत गर्दा गरेका थिए । उजुरीमाथि कारबाही नभएपछि उनीहरू धर्ना र प्रदर्शनसमेत गरेका थिए, तर प्रशासन भने मौन देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका एक अधिकृतले भने, ‘हाललाई यो विषयमा कुनै पनि कामकारबाही नगर्नु भन्ने आदेश गृह मन्त्रालयको छ, गृहबाट नै थेग्नै नसक्ने दबाब आएपछि यो विषयमा कुनै कारबाही हुन सकेको छैन । गैरनेपालीलाई नागरिकता दिनेलाई कारबाही नगर्न गृहले नै दबाब दिएपछि हामी कर्मचारी बाध्य छौँ ।  यता हामिलाई राजनीतिक दबाबसमेत बढी आएको कारण यो विषयमा कार्यालय मौन जस्तै छ ।’     

प्रशासन र जनप्रतिनिधिको मिलेमते तथा आर्थिक प्रलोभनमा परेर गैरनेपालीलाई नागरिकता दिएको स्थानियको भनाइ छ । रजनीले वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) की छोरी भन्दै राईको वडा कार्यालयले २३ जेठमा युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो भने नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत २४ जेठमा सिफारिस पठाएको थियो ।

यता घटनाको छानबिन सुरु गरिएको र हाल यो प्रकरणको विषय जिल्ला प्रशासन कार्यालय बारामा रहेको इलाका प्रशासन कार्यालय सिमराका प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बताए । उनले नक्कली आमा र बुबा बनेका दुबै जना र वडा अध्यक्ष गोलेलाई पनि सोधपुछको लागि कार्यालयमा उपस्थिति गराउन प्रहरीमार्फत् बोलाइएको जानकारी दिए ।

रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भेलिपल्ट नै काठमाडौंबाट राहदानीसमेत बनाएर लिएको बताइएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक सञ्जिव ओलीले नक्कली आमा/बुबा बन्नेहरू हाल फरार रहेको र खोजीकार्य भइरहेको बताए ।

वडा कार्यालयको सिफारिसमा सिमरास्थित इलाका प्रशासन कार्यालयले भारत दार्जिलिङ घर भएकी २१ वर्षिया रजनी राईलाई गत १ असारमा ३३–०२–७९–००५१३ नम्बरको नेपाली नागरिकता प्रदान गरेको थियो । नागरिकता प्राप्त गर्न रजनी हाल फरार रहेकी छिन् ।

वडा अध्यक्ष ज्ञानबहादुर गोलेले नागरिकताको लागि गत २४ जेठमा सिफारिस गरेका थिए । वडा अध्यक्ष गोलेले आर्थिक प्रलोभनमा परेर दार्जिलिङ्गमा रहका आफ्ना नातेदारहरुमार्फत राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सहयोग गरेको आराेप लागेकाे छ । 

प्रतिकृया दिनुहोस्

Flash News

चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित सिरियामा डुंगा दुर्घटना, ७७ बढी आप्रवासीको मृत्यु सिट बाँडफाँटको लागि गठबन्धन दलबीच छलफल हुँदै