ताजा अपडेट »

लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश

मंगलबार, ३१ साउन २०७९, १६ : १६
20 Shares

रूपन्देही । जनता समाजवादी पार्टी (जसपा)बाट निर्बाचित लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व कृषिमन्त्री विजय यादव आज नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बाँके जिल्लाकाे २ काे १ बाट निर्वाचित प्रदेश साम्सद यादबलाइ नेकपा (एमाले) केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव एवं एमाले लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल बिस्वकर्मा लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।

यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा जसपाबाट मन्त्री बनेपछि उनलाई जसपाले सांसदबाट हटाउन गरेकाे सिफारिस अनुसार उनकाे सांसद पद गएकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।