ताजा अपडेट »

राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ

मंगलबार, ३१ साउन २०७९, १५ : ५३
11 Shares

ओखलढुंगा । मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुरमा राजस्व छली गरी ल्याउँदै गरेको कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका–२ बस्ने २७ वर्षीय अनुप दाहाल समेत दुई जना छन् । 

उनीहरुलाई करिब १५ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरु राजस्व छली गरी ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४५९६ नम्बरको टाटा सुमोलाई प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ती कपडा भेटिएका थिए । 

बिल नभएको अवैध रुपमा राजश्व छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु फेला पारी सुमो चालक दाहाल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।