ताजा अपडेट »

बुटवलका संजय दुर्घटनाग्रस्त मोटरसाइकलसँगै मृत अवस्थामा फेला

मंगलबार, ३१ साउन २०७९, ०८ : २३
24 Shares

बुटवल । पूर्प-पश्चिम राजमार्ग अन्तरगत बुटवल-१२ नायाँगाउँको सडक छेउमा एक युवा मृत अवस्थामा फेला परेका छन् । बुटवल-११ कालिकानगरका २८ वर्षीय संजय खत्री मोटरसाइकलसँगै दुर्घटनाग्रस्त अवस्थामा मँगलबार विहान मृत अवस्थामा भेटिएकाहुन् ।

सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकलसँगै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । शवलाई थप अनुसन्धान तथा पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।