ताजा अपडेट »

रुपन्देहीका अग्रज पत्रकार पोखरेलको निधन

मंगलबार, ३१ साउन २०७९, ०७ : ४९
27 Shares

बुटवल । पत्रकार बसन्त पोखरेलको निधन भएको छ । लामो समयदेखि रुपन्देहीमा रहेर पत्रकारिता गर्दै आएका पोखरेलको सोमबार राति बुटवलस्थित आफ्नै निवासमा निधन भएको हो ।

मोफसलको चर्चित पत्रिका बुटवल टूडेमा स्थापना कालदेखि सम्पादकको भूमिका निर्वाह गर्दै हाल सम्पादक सल्लाहकार रहेका पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पोखरेलका श्रीमती, दुई छोरा एक छोरी छन् ।

पोखरलेको निधनले पत्रकारितामा नै ठूलो क्षति पुगेको भन्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल,बुटवल टूडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक नवराज कुँवर लगाएतले दुःख व्यक्त गरेका छन् । स्व : पत्रकार पोखरेलको आज मंगलबार बुटवलस्थित मैनाबगर घाटमा दाहसंस्कार गरिने पत्रकार महासंघ रुपन्देहीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।