ताजा अपडेट »

सुनको मूल्य ४०० रुपैयाँ घट्यो

सोमबार, ३० साउन २०७९, १२ : ३७
2 Shares

काठमाडौं । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । आइतवारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

आइतवार छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । आइतवार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमवार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले ओरालो लागेकोे छ । आइतबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २३५ रुपैयाँ कायम गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।