ताजा अपडेट »

शुद्धोधन ३ मा सुकुम्बासी जग्गा नापजाँच सुरु

सोमबार, ३० साउन २०७९, ११ : २९
14 Shares

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भुमी आयोगले गर्ने सबै काममा आवश्यक पर्ने सहयोग र सहकार्यका लागि नगरपालिका तयार रहेको बताउँदै सबै राजनीतिक दल, जनप्रतिनिधिहरू, कर्मचारी र स्थानीय नागरिक सबैले भूमि समस्या समाधान गर्नका लागि भूमिका खेल्न गाउँपालिका अध्यक्ष बस्यालले आग्रह गरेका छन् ।

एक बित्ता वा एक हातका लागि आपसमा समाजमा नलड्नका लागि पनि उनले आग्रह गरे । जुन ठाउँमा झै-झगडा वा आपसी मेलमिलाप हुँदैन‚ त्यो ठाउँको जग्गा आपसी मेलामिलाप भएमा मात्र अन्त्यमा नापजाँच गर्ने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।