९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

Avatar

चितवन । साउनको अन्तिम सोमबार आज पवित्र धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थिए । त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो ।

Advertisement

भगवान शिवको व्रत बसेका भक्तजन बिहान ४ बजेदेखि नै देवघाट जाने/आउने गर्न थालेका हुन् । स्नान गर्न जाने क्रम जारी छ । साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । देवघाटमा झण्डै एक लाख भक्तजन पुगेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले जानकारी दिए । साउनको चौथो सोमबार करिब ७० हजार भक्तजन देवघाट पुगेको उनले बताए ।

‘यसपटक साउनमा पाँचवटा सोमबार परेको र अन्तिम सोमबार विशेष हुने भएकाले भक्तजनको उल्लेख्य सहभागीता देखिन्छ’, उनले भने, ‘अहिलेसम्म नआएका भक्तजन पनि अन्तिम सोमबार भनेर आउनु भएको छ ।’ ट्राफिक व्यवस्थापनका लागि रामनगरबाट जाने बाटोलाई प्रवेश मार्ग बनाइएको छ भने आँपटारीमा निस्कने बाटोलाई बाहिरीने बाटो बनाइएको छ ।

केही भक्तजनहरू खाली खुट्टै स्नान गर्न पुगेका छन् । सुरक्षा व्यवस्थाका लागि तनहुँ र चितवनतर्फ गरी करिब २०० सुरक्षाकर्मी खटाइएको अध्यक्ष अधिकारीले बताए । यसपटक बाढीले वेणी संगम डुबाएको छ । भक्तजनलाई नदी तार्न प्रयोग गरिँदै आएको डुंगाको प्रयोगमा पनि यसपटक रोक लगाइएको छ । चितवनतर्फबाट गएका भक्तजन झोलुंगे पुलबाट मात्रै तनहुँतर्फ पुगेका छन् ।

देवघाटमा स्नान गर्न देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । साउनको अन्तिम सोमबार नयाँ व्रतालुले पनि साउने व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar

प्रतिकृया दिनुहोस्

Flash News

आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग, दलहरूसँग छलफल गर्दै दसैंका लागि दार्चुलामा खाद्यान्न पठाइने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले