ताजा अपडेट »

रुपन्देहीमा अज्ञात समुहको गोली प्रहारबाट बिकास गुरुङ घाइते

सोमबार, ३० साउन २०७९, ०८ : २३
10 Shares

बुटवल । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एकजना युवक गम्भीर घाईते भएका छन् । अज्ञात समुहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने बिकास गुरुङ घाईते भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा अज्ञात समुहले गुरुङमाथि गोली प्रहार गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका १ बाइपास स्थित सिद्धर्थ कटेजमा करिब ११ बजे राती अज्ञात समुह द्वारा लुटपाट गरि भाग्दै गरेको अवस्थामा ओमसतियाको बसन्तपुर वडा कार्यालय अगाडी जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समुहले गोलि प्रहार गरेका थिए । लुटेराहरुले सो कटेजबाट २ तोला सुन र केही नगद लुटेको बताईएको छ ।

घाईतेको उपचारको लागि भैरहवा मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समुहको खोजिमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।