ताजा अपडेट »

संविधानमा उल्लेखित हक-अधिकार बारे समीक्षा गर्ने बेला आयो : मन्त्री राना

आइतबार, २९ साउन २०७९, २२ : ४५
20 Shares

बुटवल । लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले राज्यबाट प्रदान गरिने सेवा सुविधामा सबैको पहुँच पुर्याउनुनै संघीय लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य भएको बताएका छन् । संविधानमा उल्लेखित हक अधिकार तथा सेवा सुविधा प्राप्त भए नभएको बारे अब ब्यापक समीक्षा गर्ने बेला आएको बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघको २३ औं स्थापना दिवसका अवसरमा आइतबार बुटवलमा आयोजित स्व.देव पाटा मगर स्मृती पत्रकारिता पुरस्कार बितरण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री रानाले सो कुरा बताएका हुन । पछाडी परेको वर्ग र समुदायलाई सँगसँगै अगाडी बढाउनुनै संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष रहेको भन्दै मन्त्री रानाले एक अर्काको अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्नसके मात्रै सबैका अधिकार सुनिश्चित हुने उल्लेख गरे ।

सो अवसरमा देव पाटा स्मृति पत्रकारिता पुरस्कारबाट लेखक तथा पत्रकार लोकनेश ढेगा मगर र भिम गुरुङलाई पुरस्कृत तथा सम्मान गरिनुका साथै जनजाती पत्रकार डाइरेक्ट्ररी विमोचन गरिएको थियो । फोनिज रुपन्देही अध्यक्ष सोनु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, फोनिज केन्द्रिय उपाध्यक्ष सरु राना, फोनिजका प्रदेश इन्चार्ज मिलन गाहा, नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, जनजाति महासंघ रुपन्देही अध्यक्ष शंकर गाहा, नेवा सेवा समाज रुपन्देही अध्यक्ष काजिमान श्रेष्ठ, नेपाल मगर संघ रुपन्देहीका सचिब थर्क बारघरे, पुरस्कृत पत्रकार लोकनेश ढेगा मगर लगायतले भनाई राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।