ताजा अपडेट »

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा

आइतबार, २९ साउन २०७९, २२ : ५६
40 Shares

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन्। पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई अध्यक्ष चयन गरेको हो ।

अध्यक्ष बास्कोटाले गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी थिइन् । उनी यसअघि २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवार थिइन्।

विवेकशील साझा पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै रिक्त संयोजक पदमा भने सञ्जिव वल्लभ भट्टराईलाई चयन गरेको जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।