ताजा अपडेट »

कार्यकर्तालाई निर्वाचनमा होमिन नेकपा एकिकृतको आग्रह

आइतबार, २९ साउन २०७९, २१ : ३३
4 Shares

बुटवल । नेकपा एकिकृत समाजवादीका सचिव भागवत विश्वासीले आगामि मंसिर ४ गते हुने निर्वाचनमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन । नेकपा एकिकृत समाजवादी रुपन्देहीको चौथौ पूर्ण बैठकलाई आईतबार सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सहइन्चार्ज समेत रहेका विश्वासीले केपि ओलीमा अझै पनि प्रतिगमनकारी सोँच र व्यवहार देखिएकाले एमालेसँग कुनै प्रकारको तालमेल हुननसक्ने बताए ।

उनले संविधान, गणतन्त्रको रक्षाका लागि गठबन्धन गरेर जानुपरेको बताउँदै आफूहरुको उपस्थिति विद्रोहको औचित्य पुष्टि हुने गरि आउने दावी समेत गरे ।

बैठकमा पार्टीका पोलिटब्यूूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले मंसिर ४ पछि आफूहरुको उपस्थिती बलियो हुने बताए । उनले निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठन तल्लोतहसम्म विस्तार गर्न निर्देशन दिए । अध्यक्ष पाण्डेले गठबन्धन हुुँदा लुम्बिनीमा आफूहरुको उपस्थिती सम्मानजनक हुने बताए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य एंव प्रदेश सचिव राजु गुुरुङ, अर्का केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले बोल्दै अब नेकपा एकिकृत समाजवादीले जनतालाई उत्साह जगाउँदै निर्वाचनमा होमिने बताए । बैठकले प्रदेश र संघको निर्वाचनलाई केन्द्रीत गरि एक महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष अविराम विश्वकर्माले बताए ।

भदौसम्म तल्लो तहसम्म संगठन विस्तार, पार्टीमा आबद्ध हुन चाहनेहरुलाई प्रवेश गराउनेदेखि संगठन चुस्त बनाउने निर्णय भएको सचिव सरिता श्रीसले बताईन । पार्टीका जिल्ला अध्यक्ष अविराम विश्वकर्माको अध्यक्षता, सचिव सरिता श्रीसको सञ्चालनमा भएको बैठकमा उपाध्यक्षद्धय चिनबहादुर गुरुङ, अर्का उपाध्यक्ष श्रीराम यादव र उपसचिव टंक पोखरेलले बोलेका थिए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, रमा घर्ती, उमा काफ्ने, सल्लाहकार आदित्यनारायण कसौधन लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।