८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

महोत्तरी । थपमाया लामा उमेरले ८५ वर्ष पुगिन् ।  हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप बेच्न व्यस्त हुन्छिन् । उनीसँगै उनकी ७८ वर्षीय सम्धिनी तुलीमाया पाख्रिन पनि हुन्छिन् । तुलीमायाका छोरा गोविन्द पाख्रिनले थपमायाकी छोरी देवीमायासँग विवाह गरेका छन् ।

Advertisement

बजार लाग्ने दिन उनीहरू बिहानै घरबाट निस्कन्छन्, लालबन्दीबाट  धुप र मर्चा मगाउँछन् अनि अटोमा राखेर उक्त सामान बजारसम्म पुर्‍याउँछन् । हेर्दा निकै वृद्ध देखिने यी दुई सम्धिनीले व्यापार गर्न लागेको २० वर्ष भइसकेको छ । वृद्ध उमेरमा पनि आफ्नो पेसालाई निरन्तरता दिएर देशमै आयआर्जन गर्न सकिन्छ भन्ने उनीहरु उदाहरणीय बनेका छन् । ‘कहिलेकाहीँ बजार जाँदा होस् या कपडा किन्दा होस् छोरा र बुहारीसँग हात फैलाउन पर्दैन,’ तुलीमाया भन्छिन् ।

अझ थपमायाका तीन सन्तान छन् । जेठा छोरा वेदबहादुर अहिले परिवारसहित दोलाखाको चरिकोटमा बस्दै आएका छन् । कान्छा छोरा प्रिमान बर्दिबासमा नै बस्छन्, तर खासै काम गर्दैनन् । थपमायाको व्यापारबाट परिवारको भरणपोषणको आधार पनि बनेकी छन् । थपमायाको पुर्ख्यौली घर पनि चरिकोट नै हो । अनि तुलीमायाको दोलाखाकै जिरीमा ।

तुलीमायाको भने थपमायाको भन्दा अलि फरक कथा छ । उनको छोराछोरीको नाममा एकैजना छोरा हुन् । पहिले छोरा पर्यटकहरूको भरिया काम गर्थे । तर, अहिले पहिले जस्तो अवस्था छैन । हिमाल जाने पर्यटकहरू सवारी यातायातको प्रयोग गर्न थाले फलस्वरूप कयौँ जना बेरोजगार बनेका छन् । यही सूचीमा तुलीमायाका छोरा पनि परे ।

काम नभए पनि तुलीमायालाई कुनै चिन्ता छैन । उनी भन्छिन्, ‘मैले कमाएको पैसाले नै घरपरिवारमा सहयोग पुग्छ, त्यही भएर छोराले काम पाउँदा गरिहाल्छ, नपाउँदा म आफै कमाउँछु ।’ 
थपमाया र तुलीमायाको घर अहिले  बर्दिबासमा नै छ । सवारीसाधनको सहयोगले उनीहरू बजारसम्म आउँछन् अनि बेलुका आफै फर्कन्छन् ।

‘अहिले नातिनातिनीले अब व्यापा गर्नुपर्दैन भन्छन् । तर, दिनभरि के गरेर बस्नु र  भनेर यता आउँछौ, बेच्छौ,’ थपमाया र तुलीमाया एकसाथ भन्छन् । बुढेशकालमा पनि आत्मनिर्भर बन्न सकेको उनीहरुलाई खुसी लागेको बताउँछन् । उनीहरुले बजार लागेको दिन दैनिक पाँच सयसम्मको व्यापार गर्छन् ।  

वर्षाँैदेखि वर्दिबासमा बस्दै आए पनि तुलीमाया र थपमायाले बसाइँसराइ दर्ता गराएका छैनन् ।  जस कारण थपमायाले  वृद्धभत्ता दोलाखाबाट बुझ्ने गरेकी छन् भने ७५ वर्षीया तुलीमाया नागरिकताको कारणले वृद्धभत्ता बुझ्न पाएकी छैनन् । 

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते