ताजा अपडेट »

विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन

आइतबार, २९ साउन २०७९, १४ : १५
39 Shares

पाल्पा । पाल्पाको दम्कडा माध्यमिक विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्राी वितरण र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन कार्यक्रम सम्पन्न भएको छ ।पाल्पाको तानसेन नगरपालिकामा रहेको दम्कडा माध्यमिक विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्राी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

मेचि महाकाली बुहारी संयुक्त आवाज संस्थाको आयोजनामा यार्डली सोहिहुल नेपाली परिवारद्धारा उपलव्ध गराइएको बहुउपयोगी शैक्षिक सामाग्री दम्पकडा नमुना माध्यमिक विद्यालयका ३० जना विद्यार्थीहरुलाइ वितरण गरेको हो ।कार्यक्रममा बोल्दै तानसेन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजेश कुमार अर्यालले दम्कडा माध्यमिक विद्यालयबाट नै अन्तराष्ट्रिय स्तरको शिक्षा दिनको लागि यो कार्यक्रममले एउटा इटाको काम गरेको बताए ।

आगामी दिनमा पनि विभिन्न सस्थाहरुको सहयोग र सहकार्य भयो भने गुण्स्तरीय शिक्षा प्रदान हुने विश्वास व्यक्त गरे ।मेचि महाकाली बुहारी संयुक्त आवाजको अध्यक्ष शान्ता सोमाइको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटा, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष बालकृष्ण तिमिल्निाको आतथ्यतामा सम्पन्न कार्यक्रममा २ लाख पाँच हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको थियो । चालिस जनाको उपस्थितीमा सम्पन्न कार्यक्रममा ब्रेल नोट , टेकरी ,ब्रोल डिस्प्ले शैक्षिक सामाग्री यार्डली सोहिहुल नेपाली परिवार संस्थाका प्रमुख प्रेमलाल घिमिरेले हस्तान्तरण गरे ।

त्यस्तै, नारायण युवा क्लव तानसेनले दम्कडा माध्यमिक विद्यालयमा अध्ययनरत दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा क्लवले दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन गराएको हो । संस्थाका अध्यक्ष किशोर बद्रचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, नारायण युवा क्लवका संस्थापक अध्यक्ष एव्म नेपाली कांग्रेस पाल्पाका अध्यक्ष हिमालदत्त श्रेष्ठको प्रमुख आतिथ्यता तानसेन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजेश कुमार अर्याल, विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटा, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष बालकृष्ण तिमिल्निाको लगाएको उपस्थितीमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।