ताजा अपडेट »

रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे

आइतबार, २९ साउन २०७९, १३ : ५८
34 Shares

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको सातौ पदस्थापना तथा धन्यबाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१,२२ का अध्यक्ष बिजय कार्कीले एक बर्षमा गरेका कामहरुको समिक्षा गदै वर्ष २०२२,२३ का अध्यक्ष बिष्णु घिमिरेलाई पद हस्तान्तरण गरेक हुन्।

कार्यक्रममा बोल्दै वर्ष २०२२,२३ का अध्यक्ष बिष्णु घिमिरेले आफूले विगतका राम्रा कामहरुलाई निरन्तरता दिदै केही पृथक र फरक खालका कार्यक्रमहरु सन्चालन गर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल सरकारका पूर्ब उपप्रधान तथा सफल अर्थ मन्त्री बिष्णु पौडेलले रोटयाक्ट क्लबहरुले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए ।

वर्ष २०२३ का अध्यक्षले सारेका छाना खाना र नाना अभियान निकै महत्वपूर्ण अभियान भएको बताए । रुपन्देही बिकास निमार्णको कामले अरु जिल्लाको तुनामा धेरै फडको मारेको बताए । कार्यक्रममा रोटरी क्लब बुटबल डाउनटाउनका अध्यक्ष भरत राना, रोटरी डिष्ट्रीक क्लब चियर राजेन्द्र ढकाल, रोटयाक्ट क्लब अफ बुटबल रामापिथेकसका सस्थापक अध्यक्ष सरोज पोखरेल,रोटयाक्ट डिष्टीक बाट प्रकास पराजुलीले मन्तब्य राखेका थिए ।

कार्यक्रममा क्लबका इलेक्ट अध्यक्ष निरज आचार्यको स्वागत मन्तब्य तथा सचिब पारास मरासिनि,सद्धिार्थ आचार्यको सन्चालन तथा बिजय कार्की र बिष्णु घिमिरेको अध्यक्षयतामा सम्पन्न भएको थियो । कार्यक्रममा क्लब नोमिन अध्यक्ष योगेन्द्र रायमाझिीले धन्याबाद मन्तब्य राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।