८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

मुम्बई । भारतीय कमेडियन राजु श्रीवास्तव चार दिनदेखि दिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा छन् । उनका फ्यानहरूले कमेडियनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । डाक्टरका अनुसार उनलाई पाइपको माध्यमबाट दूध दिइएको छ । उनको मुटु र पल्सले ठीकसँग काम गरिरहेको छ । तर उनको दिमाग भने अझै अचेत छ ।

अभिनेता अमिताभ बच्चनले राजुको परिवारलाई फोनमार्फत एक अडियो सन्देश पठाइएको छ । ‘राजु उठ, अब धेरै भयो । अझै धेरै काम गर्नुछ’, अडियोमा अमिताभले भनेका छन् । उनले राजुको स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।राजु अमिताभलाई आफ्नो आदर्श मान्छन् । डाक्टरले उनको परिवारलाई राजुले कुनै पनि विषयमा प्रतिक्रिया नदिइरहँदा उनलाई कोही प्रिय मान्छेको आवाज सुनाएमा सायदै त प्रतिक्रिया जनाउने हुन् कि भनेर सल्लाह दिएका थिए ।

त्यसपछि उनको परिवारले अमिताभलाई उनले मोबाइल पठाएको लिखित सन्देशभन्दा अडियो सन्देश प्रभावकारी हुन सक्ने बताएपछि अमिताभले अडियो सन्देश पठाएका हुन् । राजुलाई बुधबार बिहान हृदयाघात भएको थियो । उनको बुधबार नै तेस्रोपटक एन्जियोप्लास्टी गरिएको थियो । जसमा सतप्रतिशत ब्लकेज थियो । शुक्रबार उनको स्वास्थ्यमा केही सुधार आएको थियो । उनले औला र कुम हल्लाउन थालेका छन् । तर स्वास्थ्यमा तीव्र रूपमा सुधार हुन सकेको छैन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित सिरियामा डुंगा दुर्घटना, ७७ बढी आप्रवासीको मृत्यु सिट बाँडफाँटको लागि गठबन्धन दलबीच छलफल हुँदै