ताजा अपडेट »

पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु

आइतबार, २९ साउन २०७९, १० : ३१
25 Shares

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका-२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो  ।

सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार  पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए ।  पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।