ताजा अपडेट »

भैरहवाबाट छुटेको बसलाई नवलपरासीमा ट्रकले ठक्कर दिँदा १९ जना घाइते, २ को अवस्था गम्भीर

शनिबार, २८ साउन २०७९, २० : २०
18 Shares

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ट्रकको ठक्करबाट १९ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । भैरहवाबाट महेशपुरका लागि छुटेको लु १ ख ९५७७ नम्बरको बसलाई बाग्मती प्रदेश ०३–००१ क ०१८९ नम्बरको ट्रकले भुमहि भैरहवा हुलाकी सडक खण्डको रामग्राम ५ बालगोविन्द पेट्रोल पम्प अगाडि पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा बसमा सवार रामग्राम १६ तोनवा बस्ने वर्ष ३५ कि रामरती यादव र बर्दघाट १२ दबिला बस्ने वर्ष ३० कि बिनु शाहिको अवस्था गम्भिर रहेको छ । उनिहरुको थप उपचारका लागि भैरहवा पठाइएको प्रहरी उपरिक्षक ऋषिराम कंडेलले जानकारी दिए ।

दुर्घटनामा परी बर्दघाट ४ दिव्यनगरकी सुजाता कुँवर, सोही स्थानकी सर्मिला सापकोटा शर्मा, सरावल ४ ललितपुरका पुनम चमार, सरावल ५ दुबौलियाका विजय कुमार हरिजन, प्रतापपुर ७ सुर्यपुराका मनिसा चौधरी, सुस्ता ५ का आकाश पाल, सोही स्थानका गुन्जा कुमारी पाल, पाल्हिनन्दन २ कि प्रियङ्का यादव घाईते भएका छन् ।

त्यस्तै पूर्वी नवलपरासीको कावासोती १७ कि राजकुमारी थनेत, सोही स्थानका ज्योति थनेत, देवचुली १३ का सुनिता थनेत, कपिलबस्तुको शुद्धोदन गाउँपालिका ७ का शिवसागर यादव, कपिलबस्तु ११ का राम प्रसाद यादव, कपिलबस्तु ८ का दिपेन्द्र यादव पनि घाइते भएका छन् ।

भारतको महराजगंज नौतनवाका ४५ वर्षिय मनोज मदेसिया, सोही स्थानका वर्ष ३७ का अमित गुप्ता, महराजगंज निचलौलका वर्ष ५० का हदिश अन्सारी, सोही स्थानकी वर्ष ६ कि नाजिया खातुन घाईते भएका छन् ।

घाइते मध्ये दश जनाको अवस्था समान्य रहेको छ भने सात जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको अहिले पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । बसले चोकबाट एक्कासि महेसपुरतर्फ मोड्न खोजेपछि ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।