ताजा अपडेट »

विचार र सिद्धान्तलाई व्यवहारिक रुपमा लागू गरौं : एमाले नेता थापा

शनिबार, २८ साउन २०७९, १७ : ५८
20 Shares

बुटवल । विचार र सिद्धान्तलाई मानवीय जीवनसँग मेल खानेगरि ब्यबहारमा उतार्नु पर्ने नेकपा एमालेका पाेलिटब्युराे सदस्य सुर्य थापाले बताएका छन् । बुटवलमा प्युठान रुपन्देही सम्पर्क कमिटिले आयाेजना  गरेकाे कार्यक्रममा बाेल्दै उनले भने- 'हिजाे माक्सका, माओका किताब बाेकेर हिड्दैमा, लामा-लामा सिद्धान्तका भाषण गर्दैमा कम्युनिस्ट भईन्थ्याे । अब त्यसरी हुँदैन ।', सिद्धान्त र बिचारलाई, पुस्तकमा उल्लेख भएका विषयवस्तुलाई हरेक मानिसकाे जीवनमा लागू गराउनु पर्दछ । ब्यबहारिक गराउनु पर्छ ।

थापाले आगामी निर्वाचनमा एमालेले कसैलाई पनि काधमा बाेकेर नहिड्ने बताएका छन् । 'हामी कसैलाई पिठ्युमा बाेकेर, काध हालेर हिड्दैनाै । एकल रुपमा जनता समक्ष जानेछाै ।'-थापाले भने । एमालेले भदाै २० गतेसम्म उम्मेदवारकाे नामावाली  टुङगाउने बताउँदै पार्टीले जसलाई उम्मेदवार बनाए पनि सुर्य चिन्हबाहकले जित्ने दाबी गरे । 'चुनाबमा उम्मेदवार हुने ब्यक्ति गाैण हाे, पार्टी र चुनाबचिन्ह प्रमुख हाे । हामी जाे जहाँ छाै एमालेका उम्मेदवारलाई जिताउन लाग्नेछाै ।'- उनले भने । नेता थापाले प्युठान जिल्लाकाे समग्र विकासकाे लागि प्युठानमा जन्मिएका, नाता सम्बन्ध भएका सबै जना जाे जहाभएपनि एकजुट भई प्युठानकाे हितमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य चाेपलाल आचर्यले प्युठानिहरु एक भएर अगाडि बढेमा समग्र प्युठानकाे लागि बुटवलबाट राम्राे सहयाेग र सन्देश प्रवाह गर्नसक्ने बताए । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य लक्ष्मि केसिले जन्मथलाेकाे बिकासकाे लागि आ-आफ्नाे क्षेत्रबाट सहयाेग गर्न सबैकाे एकता अपरिहार्य रहेकाे बताईन । प्रेस चाैतारिका पुर्व केन्द्रीय सचिव भरत केसी, प्युठान रुपन्देही सम्पर्क कमिटी अध्यक्ष विनाेद गिरि, पत्रकार गंगा खड्का, राष्ट्रिय कलाकार पुर्खे बा लगायतले आसन्न निर्वाचनकाे लागि मात्रै नभएर सदियाैसम्म प्युठान-रुपन्देही सम्पर्क कमिटिले प्युठानी जनताकाे हितमा काम गर्ने बताए ।

शान्त रसाईलिकाे सन्चालनमा भएको कार्यक्रममा नेपाल  एशाेसिएसन अफ ट्राभल्स एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष सागर अधिकारी, प्युठान-कपिलवस्तु सम्पर्क कमिटी अध्यक्ष माेहन बहादुर के.सी. लगायत विभिन्न संघ-संस्थाका प्रमुख तथा प्युठानमा जन्मिएका तथा नाता सम्बन्ध भएका प्युठानीहरु बीच भेटघाट तथा तिज मिलन कार्यक्रम सम्पन्नभएकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।