९ आश्विन २०७९, आईतवार

Sep 25, 2022


बुटवल । लायन्स क्लव अफ बुटवल मणि उजेशले युवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासका लागि बुटवलमा एक दिने लिडरसीप डेभलपमेन्ट ट्रेनिङ्ग एण्ड एजुकेशनल प्रोग्राम गरेको छ । लायन्स र नन लायन्स क्लवहरुका प्रतिनिधीहरुका लागि दिईएको एक दिने कार्यक्रममा गरेको हो । लायन्स क्लव चौतारी, लायन्स क्लव सिद्धार्थ, लायन्स क्लव संसार र लायन्स क्लव फ्लोरेन्ससँगको सहकार्यमा मणि उजेशले कार्यक्रम गरेको हो ।

Advertisement

कार्यक्रममा डिटीएम पंकज प्रधानाङ्ग र डाक्टर जयराज शर्माले सहजिकरण गरेको कार्यक्रममा नेतृत्वमा हुनुपर्ने गुण, नेतृत्वको कार्य कौशलता, सीप र ज्ञानका बारेमा जानकारी दिइएको थियो ।

लायन्स क्लव अफ बुटवल मणिउजेश २२/२३ का अध्यक्ष डाक्टर शान्ता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स ईन्टरनेशनका गभर्नर नवराज न्यौपाने, पुर्व गर्भनर अर्जुनमान शैजु, महेन्द्र नारायण श्रेष्ठ, मणि उजेशका उपाध्यक्ष सृजना श्रेष्ठ, सुपर्ना वर्नवाल लगायतले सिकाई जीवनभर चल्ने भएकाले नेतृत्व विकास र क्षमता विकासका अभ्यासहरु निरन्तर चलिरहनु पर्ने बताए ।

क्लवका सचिव पुष्पा कंडेल र आविश्कार पराजुलीको संयुक्त संचालनमा भएको कार्यक्रममा मणि उजेशका संस्थापक अध्यक्ष सृष्टि गुरुङ्ग, टोस्टमास्टर्स स्नेहलता राउत, विराज प्रधान, खेमेन्द्र रानाले समुहगत रुपमा छलफल गरेका थिए । कार्यक्रममा विभिन्न सामाजिक तथा शैक्षिक संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको क्लवका उपाध्यक्ष रितु गुरुङ्गले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

Flash News

पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन