ताजा अपडेट »

नारायण बिपिको तीज गीत ‘निलो फरिया’

शनिबार, २८ साउन २०७९, ११ : ३९
32 Shares

बुटवल । लोक तथा दोहोरी गायकसँगै मोडलमा समेत पहिचान बनाएका नारायण बिपि परियारले यस पटकको तीजमा ‘ निलो फरिया’ ल्याएका छन् ।

नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर उनले आफ्नो शब्दमा,गायक एमटी महरको तीज गीत निलो फरिया सार्वजानिक गरेका हुन् । उक्त गीतमा गायक एम Þटी महर र रचना रिमालको स्वर रहेको छ ।

लोक गायक नारायण वि Þ पी Þका शब्दमा रहेको गीतको लय महरको रहेको छ भने गीतको एरेन्ज सुनिल परियारले गरेका छन् । गीतमा गायक महर र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।

तिलक ठकुरीको निर्देशनमा रहेको म्यूजिक भिडियोको छायांकन भने प्रकाश खड्काले गरेका हुन् । गीत एमटी महर यूट्यूबबाट सार्वजनिक गरिएको हो । प्रत्येक वर्ष फरक शैली र भावमा गीत ल्याउँदै आएकोमा यस वर्ष भने आफ्नो शब्दमा तीज गीत ल्याएको परियारले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।