ताजा अपडेट »

गुल्मेली समाज जापनद्वारा गृहजिल्लाका विभिन्न संस्थालाई सहयोग

शनिबार, २८ साउन २०७९, ११ : ३२
24 Shares

गुल्मी । गुल्मी घर जापानमा विभिन्न पेशा–व्यवसाय गरेर बस्ने दाजु–भाई दिदी–बहिनीहरु आवद्ध संस्था गुल्मेलीसमाज जापानद्वारा गहृजिल्ला गुल्मीका विभिन्न संघ–संस्थालाई आर्थिक सहयोग गरिएको छ ।

शनिबार बिहान नेपाल अपडेट यूट्यूब च्यानलका सञ्चालक मोहन बस्नेतमार्फत गुल्मेली सेवा समाज जापानले नेपाल पत्रकार महासंघ गुल्मीको संस्थागत विकासका लागि एक लाख रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको हो ।

त्यस्तै गुल्मी अस्पताल र आशा अपाङ्ग केन्द्रलाई पनि एक एक लाख रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको छ । सहयोग रकम ग्रहण गर्दै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, गुल्मी अस्पतालका निमित्त मेसु डाक्टर उत्तम पाच्या र आशा अपाङ्ग केन्द्रका अध्यक्ष जनार्दन घिमिरे तथा पदाधिकारीहरुले सहयोगी संस्था गुल्मेली सेवा समाज जापानलाई धन्यवाद दिएका थिए ।

बिदेशमा रहेरपनि स्वदेशको सामाजिक विकास र मानविय उद्धार कार्यमा अनवरत सक्रिय रहुँदै आएको गुल्मेलीसमाज जापानलाई यहाँको राजनैतिक दल, नागरिक समाज र सरकारी निकायले समेत सराहना गर्दै आएको छ । समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीले केहि समय अघि उक्त सहयोग गर्ने घोषणा गरे अनुरुप आफूमार्फत उक्त सहयोग रकम पठाएको पत्रकार मोहन बस्नेतले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।