ताजा अपडेट »

विप्लवसहित ४ राजनीतिक दलले गरे संघर्षको घोषणा, भाद्र ७ मा नेपाल बन्द !

शनिबार, २८ साउन २०७९, ०९ : ५४
13 Shares

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको बिरोध गर्दै संघर्षको घोषणा गरेका छन ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी ‘शुसिल’ले शुक्रबार साँझ एक बिज्ञप्ति जारी गर्दै संघर्षको घोषणा गरेका हुन ।

नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीद्वारा जारी बिज्ञप्तिमा देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्टघाती एमसीसी संझौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध चरणबद्ब संघषर्का कार्यक्रमहरु सञ्चालन गर्दै आएको उल्लेख गर्दै सरकार गैरजिम्मेवार तरिकाले प्रतिक्रियाविहीन भएर बसिरहेको ठोकुवा गरिएको छ ।

संघर्षका कार्यक्रमअन्तर्गत भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोधसभा,काठमाडौँ उपत्यकाकोमाईतिघर मण्डलामा केन्द्रीत विरोधसभा, भाद्र ६ गते देशव्यवपी मशाल जुलुस, भाद्र ७ गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।