९ आश्विन २०७९, आईतवार

Sep 25, 2022


भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता बिधेयक अबिलम्ब स्विकृत हुनु पर्ने धारण राखेका छन् । भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै खाँणले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारीत भएको नागरिक बिधेयक किन स्विकृत भएको बारे आफुहरुले बुझ्नै नसकेको प्रतिक्रिया दिए ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय भैरहवाद्वारा शुक्रबार आयोजित कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्नै गृहमन्त्री खाँणले सबैको सहमतिमा ल्याइएको नागरिकता बिधेयक स्विकृत गर्न आग्रह गरेका हुन । कार्यक्रममा बोल्दै उनले नागरिकता बिधेयक सबै राजनैतिक दलको सहमतिमा ल्याएको बताए । उनले पूर्व सरकारले ल्याएको बिधेयकमा सार्क मुलुक बाहेकका राष्ट्रमा बस्ने नेपालीहरुले प्राप्त गर्ने नागरिकताको बिषयमा मात्र संशोधन गरि अन्य कुराहरु जस्ताको तस्तै रहेको बताए ।

वर्तमान समयमा नेपाली आमा बाबुका करिब ६ लाख युवा युवतीहरु नागरिकताबाट बञ्चित भएकोले उनिहरुलाई नेपाली नागरिक भएको अनुभति दिलाउन पनि नागरिकता बिधेयक स्विृकत हुन आवश्यक रहेको जनाए । यो बिधेयक पारीत भई ऐनको अकार लिएन भने कसले नागरिकता पाउदैन ? जसको बा र आमा नेपाली नागरिक हुन उनिहरुले पाउदैनन ।” खाँणले भने “उनिहरुको संख्या धन्नै ६ लाख पुगि सकेको छ । उनिहरु अनागरिकको जिवन बिताउनु परिरहेको छ ।”

एउटा सामान्य मानवको हैसियतमा पाउने सेवा सुविधबाट पनि यस्ता नागरिकहरु बञ्चित हुनु परेको बताउदै खाँणले उनिहरुलाई नया जिवन दिन बिधेयक स्विकृत हुन आवश्यक रहेको बताए ।
“बैवाहिक अंगिकृतको बारे बिधेयकमा केही उल्लेख गरिएकै छैन ।” उनल भने त्यसमा सहमति जुट्न सकेन त्यसकारण यो बिधेयकमा त्यो राखिएन । दिने पनि राखिएन, नदिने पनि राखिएन, समय पनि राखिएन ।” यसै गरि कार्यक्रममा बोल्दै खाँणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरुको ठूलो भूमिका रहेको बताउदै उनिहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनु पर्ने बताए । स्वयमसेविकाहरु सेवानिवृत हुदा समेत उनिहरुको जिवनयापन गर्न सहज होस भन्ने उद्देश्यले निवृतिभरणको ब्यवस्था गर्न समेत सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए । कोभिडको महामारीमा काम गरेका स्वास्थ्यकर्मि, सरसफाईकर्मि, स्वयमसेवका, सुरक्षाकर्मिहरुलाई उनले धन्यवाद ज्ञापन गरे ।

यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यम मन्त्री ईन्द्रजीत थारुले जनता, स्थानिय तह, प्रदेश सरकार र संघ सरकारले एकिकृत योजनाको प्रयासले रुपन्देहीलाई कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको प्रयास सफल भएको बताए । उनले सबैको एकजुट प्रयासले यो महामारीबाट उन्मुक्ति पाएकोले यसले सबै एकजुट भए जस्तो सुकै संकटबाट जुध्न सकिने सन्देश दिएको बताए ।रुपन्देही जिल्ला कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा भएको छ ।

रुपन्देहीको जम्मा जनसंख्या १० लाख ८७ हजार ४ सय ६४ जना रहेको र त्यसमा १२ बर्ष भन्दा माथिको जनसंख्या ८ लाख ३५ हजार ७ सय ९० जना रहेकोमा लक्ष्यभन्दा बढी अर्थात ८ लाख ५३ हजार ७८ जनालाई कोभिड बिरुद्धको दुई डोज खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए । उनले रुपन्देही जिल्लाको कोभिड–१९ रोग बिरुद्दको खोपको पहिलो र दोश्रो मात्राको प्रगति देबदह, बुटवल, सैनामैना, कन्चन, तिलोतमा, सिद्धार्थनगर नगरपालिकाको सत प्रतिशत भन्दा बढी प्रगति भएको र बाँकी पालिकाहरुको १ सय प्रतिशत भन्दा केही कम देखिएको ढकालले बताए ।

पूर्ण खोप घोषणा गर्नु भन्दा अघी घर घर गई डाटा संकलन गरी कुनै पनि १२ बर्ष माथिका नागरिक खोप लगाउन मिल्ने अवस्थामा भएकाले खोप लगाउनबाट नछुटेको पाइएकोले जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको उनले बताए । उनले समग्र जिल्लाको प्रगती १ सय २ प्रतिशत रहेको बताउदै खोज र खोप अभियान पछि ६२ हजार ५ सय जना ले पुर्ण खोप पाएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने