ताजा अपडेट »

जनैपूर्णिमा मनाउन गएका गुल्मीका बालकको डुबेर मृत्यु

शुक्रबार, २७ साउन २०७९, १० : ४०
6 Shares

गुल्मी । गुल्मीका एक बालकको पोखरीमा डुबेर गएराति मृत्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवि छहरा गाउँपालिका-१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका-३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृत्यु भएको हो ।

उनी हिजो साँझ मामाघर नजिकै रहेको डमराईपोखरमाी पौैडी खेल्न लागेको बेला डुबेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्रहरीले उद्धार गरि उपचारका लागि पाल्पा मिशन अस्पतालमा लगिएकोमा गएराती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बीरेन्द्र थापाद्धारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।

चोयगास्थित कृष्णबहादुर रेश्मीका छोरा साउन १८ गते मामाघर गएका उनि जनैपूर्णिमा मनाउन बसेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।