९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

गुल्मी । हुन त यो पंक्तिकार यस अघिका प्रत्येक वर्षका सबै समीक्षा गोष्ठीहरुमा सहभागी नभएर वा सहभागी कार्यक्रममा पनि पूरै समय नदिएर पनि हुन सक्ला तर, जेजति वटा विगतका वार्षिक समीक्षा गोष्ठी नियाल्यो त्यो भन्दा यस वर्षको समीक्षा गोष्ठी केहि फरक पायो । विशेषतः दुई दिनसम्मै पालिकाका जनप्रतिनिधि, कर्मचारी, जिल्लाका विभिन्न बिषयगत कार्यालयका प्रमुख÷ प्रतिनिधीहरु तोकिएको समय सम्म कुर्चिमा बसेर सुन्ने , सुनाउने , गन्थन–मन्थन र चिन्तन गर्ने विषयमा विगतको भन्दा केहि फरक दृश्य देखिएको हो ।

Advertisement

वार्षिक कार्य प्रगति र आगामी कार्यक्रम सार्वजानिक गर्ने सरकारी कर्मचारीहरुले आ–आफ्नो प्रस्तुतीमा निकै मेहनत गरेको र त्यसमा जनप्रतिनिधीहरुले चासो देखाएर सच्चाउनुपर्ने विषयमा ध्यानकृष्ट गराएको , त्यसलाई आ–आफ्नो डायरीमा टिर्पोटमा राखेको कुराले एक अर्कोबाट केहि सिकौ र सबै मिलेर केहि गरौं भन्ने उत्साह सबै पक्षमा देखिन्थ्यो ।

१२ वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत देखि अंधिकांश कर्मचारी पनि नयाँ , सदरमुकाम स्थित विभिन्न कार्यालयका प्रमुखहरु पनि एक अर्का पालिका संग अपरिचित भईरहेको बेला सदरमुकामको एउटै मञ्चमा भेटिनु कार्यक्रम आफैमा महत्वपुर्ण थियो । तर सभाहल निकै साँघुरो देखियो । कार्यक्रमको बीच बीचमा जानकारी पाउने जिल्लाका सरोकारवालाहरु पनि आउने जाने बुझ्न खोजिरहेका थिए । तर, भित्र अट्ने अवस्था थिएन । त्यो अवस्थाले सदरमुकाममा एउटा बिशाल सभाहलको अभाव खड्टिकएको देखाउँथ्यो ।

विभिन्न पालिका, जिल्लाका विभिन्न विषयगत कार्यालयहरुका वित्तिय प्रगति कागजी प्रस्तुतीमा सन्तोषजनक देखिएपनि भौतिक रुपमा ( फिल्डमा ) त्यो छैन । त्यस प्रति विशेषतः जनप्रतिनिधीहरु वा तेश्रो पक्षले नियाल्न र त्यो बाहिर ल्याउन वा संबन्धितलाई सुझाउन जरुरी देखिन्छ । पहिलो दिन केहि जनप्रतिनिधीको उपस्थिती कम देखिए पनि दोश्रो दिन १२ वटै पालिकाका प्रमुख , उपप्रमुखहरु सहभागि भई गहनरुपमा छलफलमा जुटेको पाइयो । दोश्रो दिनको उपस्थिति र उत्सुकताले दुई दिन पनि कम भएको महशु्स हुन्थ्यो ।

कार्यक्रममा वषौंदेखि अलपत्र रिडी, रुद्रवेणी वामीटक्सार सडक,अन्य अलपत्र विकास निर्माण , बिद्युत, खानेपानीका बिषयमा देखिएका कमजोरीका विषयमा पनि गहन छलफल भएका छन् । त्यसलाई सुधार्न , वा आफै सुध्रिन , अरुलाई सुधार्न र सच्चाउन सके दुइदिने कार्यक्रम निकै फलदायी हुने देखिन्छ । कार्यक्रमा कृषकहरुले भोग्नु परेको बाँदर , बँदेल आतंकको चिन्तन गरियो तर नियन्त्रणका निष्कर्ष यसपाली पनि निकाल्न सकेको पाईएन ।

अघिल्लो कार्याकालमा चन्द्रकोट गाउँपालिका प्रमुख रहेर जिल्ला सभा र यस्ता थुप्रै गोष्ठीहरुमा सहभागि भएर अनुभव संगालेका हालका जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्री पनि सहभागिता , निरन्तरता र छलफलमा देखाईएका गम्भीर्यताको दृष्टिले विगतको भन्दा फरक महशुस गरेको बताउँछन् ।

‘ अहिले औपचारिक रुपमा समीक्षा कार्यक्रम भयो , यतिकैमा सकियो भन्ने नठानौं , उठेका बिषयहरुमा सबै पक्षले गम्भीर भएर कार्यन्वयन गरौं , अनुमगनको पाटोलाई औपचारिकता निभाउने मात्रै नगरौं , यसो गर्न सकिए ‘झारा टराई’ भनिने गरिएको संस्कृति हामी सबै मिलेर अन्त्य गर्न सक्छौं’ जिल्ला समन्व्य प्रमुख खत्रीको यस्तो धारणा थियो । कार्यक्रममा आफु रेसुङ्गा नगरपालिकाबाट सरुवा भई अन्यत्रै जान लागेको कुरा सुनाएर बिदाईको शब्द बोलेर प्रमुख प्रशासकिय अधिकृत भक्तीराम मरासिनीले केहि बेर भावुक पारे ।

उनले आफूलाई कर्मचारीका रुपमा भन्दा बढि स्थानीय नागरिकका रुपमा आफुलाई प्रस्तुत गर्दै भने–‘ कर्मचारी कस्ता भए भने गैडाको छाला जस्ता । सियोले घोचेर सुन्दैनन् कर्मचारी, घनले नै हान्नु पर्ला जस्ता भए । ’ सहभागी अन्य पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु पनि नवयुवा र केहि गरौ भन्ने भावना भएका भएर होला समर्थन रुपी हाँसो हाँसिरहेको देखिन्थ्यो ।

प्रतिकृया दिनुहोस्

Flash News

पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन