८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

बुटवल । सनराइज बैंकले पश्चिमनवलपरासीको सुनवल नगरपालिका वडा नं ३ स्थित किर्तिपुरको २ नम्बरमा चौतारी निर्माण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कामहरु गर्दै आएको बैंकले निर्माण गरेको सो चौतारीको बिहीबार उद्घाटन गरिएको छ । पुमसरी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्याल,सनराइज बैंकका नायब महाप्रबन्धक अपछकुमार यादव र सुनवल वडा न ०३ का वडा अध्यक्ष पविन गुरुङ्गले सामाजिक क्षेत्रमा भएको लगानीको स्वागत गरेका थिए ।

स्थानीयहरु विश्राम गर्ने, समाजका विभिन्न कार्यक्रमका लागि छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनीय योगदान पुर्याएको नगर प्रमुख अर्यालले बताइन् । देशका विभिन्न शाखाहरुमार्फत संस्थागत उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कामहरु गरी समाजलाई सहयोग गर्न पाएकोमा बैंकका नायब महाप्रबन्धक यादवले खुसी व्यक्त गरे ।

उनले आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रमहरुलाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । बैंकले हरेक वर्ष आफ्नो नाफाको १५ संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको र गत बर्ष मात्र पनि १ सयभन्दा बढी कार्यक्रम बैंक केन्द्रीय कार्यालयका ब्राण्ड व्यवस्थापन प्रमुख सुमन थापाले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित सिरियामा डुंगा दुर्घटना, ७७ बढी आप्रवासीको मृत्यु सिट बाँडफाँटको लागि गठबन्धन दलबीच छलफल हुँदै