८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । बिहिबार जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै गुप्ताले पदबाट राजीनामा दिएको जनाएका छन् ।

Advertisement

नेतृत्व गर्न चाहने युवाहरुलाई मार्ग प्रसस्त गर्न पार्टीको जिल्ला उपाध्यक्ष पदबाट राजीनामा दिएको उनले जनाएका छन । “पार्टी एवं वर्तमान नेतृत्वको उत्तरोत्तर प्रगतिको कामना गर्दै केन्द्रिय अध्यक्ष लिङ्गदेनज्यूले परिकल्पना गरको हिन्दुराष्ट्र एवं भ्रष्टाचार विरुद्धको आन्दोलनलाई मेरो व्यक्तिगत साथ रहेने वाचा गर्दै र नेतृत्व गर्न चाहने युवाहरुलाई मार्ग प्रसस्त गर्दै आजैका मितिबाट पार्टीको जिल्ला उपाध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराउदछु ।” उनले राजीनामा पत्रमा लेखेका छन् ।

यस्तै उनले राजीनामा दिनु पर्ने कारणमा आफ्नै कार्यव्यस्तता एवम ब्यक्तिगत कारण पनि जनाएका छन् । पार्टीको विगत ५६ महिना देखि निरन्तर जिल्ला उपाध्यक्ष पदमा रहि ईमानदारीता पूर्वक कार्य संचानल गरेको र यस दौरान धेरै पटक कार्यवाहक जिल्ला अध्यक्ष समेत रहि पार्टीको नेतृत्व गर्दै संगठनलाई चुस्त दुरुस्त बनाएको उनले पत्रका लेखेका छन् । गुप्ता केही महिना अघि सम्पन्न स्थानिय तहको निर्वाचनमा रुपन्देही जिल्ला जनपरिचालन समिति एवं उम्मेदवार छनौट समितिको संयोजक समेत रहेका थिए ।

उनकै नेतृत्वमा रहेको परिचालन समितिको कारण रुपन्देहीको स्थानिय तह निर्वाचनमा राप्रपाले राम्रै मत ल्याएको छ । उनले विभिन्न जिम्मेवारीमा आफ्नो राय सुझाव सहित सफल तुल्याउन सहयोग गर्ने पार्टीका नेताहरु प्रति आभार समेत प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित सिरियामा डुंगा दुर्घटना, ७७ बढी आप्रवासीको मृत्यु सिट बाँडफाँटको लागि गठबन्धन दलबीच छलफल हुँदै