८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा रहेको पिपरहवा माध्यमिक विद्यालयमा स्थानियहरुले ताला लगाएका छन् । बिद्यालयको प्रधानअध्यापकले बिद्यालयमा वितरण हुने छात्रवृत्ति रकम र दिवा खाजा लगायतका रकम अहिलेसम्म नबाडी आफैसँग राखेको आरोपमा प्रधाध्याध्यापकको कार्यकक्षमा स्थानीयले ताला लगाएका हुन् ।

Advertisement

रोहिणी गाउँपालिका वडा नम्बर ५ पिपरहवामा रहेको पिपरहवा माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले आर्थिक वर्ष फेरिदा समेत अहिलेसम्म छात्रवृत्तिको रकम पाएका छैनन् । यस्तै विद्यालयमा दिवा खाजाको लागी आउने रकम मध्ये १० महिनाको रकम पनि विद्यालयले बाडेको छैन ।
माघ महिनामै विद्यालयलाई प्राप्त भएको छात्रवृत्ति रकम र दिवाखाजा बापतको रकम अहिलेसम्म नबाडेको, बिद्यालयले बालबिकास कक्षाको लागी प्राप्त रकम पारदर्शी तरिकाले खर्च नगरेको तथा माध्यमिक तहका शिक्षकलाई मुबारक अलीलाई विद्यालयले मानमर्दन हुने गरि हाजिर गराएको आरोपमा तालाबन्दी गरिएको जिल्ला समन्वय समितिको निर्वतमान उप–प्रमुख समेत रहेका स्थानीय पशुपति यादवले बताए ।

उनले विद्यालयका प्रधानअध्यापक र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले मनोमानी तरिकाले बिद्यालय सञ्चालन गरेको आरोप लगाए । “पजरकट्टी माविका प्रधानअध्यापक समेत रहेका शिक्षक मुबारक अलीलाई मानमर्दन हुने गरि बिद्यालयमा हाजिर गराईएको छ ।” यादवले भने “रोहिणीमा ४ जना मात्र माविका शिक्षक रहेका छन्, अन्य स्थानमा ठाउ खाली हुदा हुदै उनलाई यहा हाजिरी गराउनुले सम्पूर्ण शिक्षकको मनोबल गिराउने काम भएको छ ।”

यादवले यसै बिषयहरुका बारेमा प्रधानअध्यापक मार्फत गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको र यसबारे सुनुवाई नहुदा गत शुक्रबार पनि स्थानियहरुले बिद्यालयमा तालाबन्दी गरेको बताए । गत शुक्रबार गरिएको तालाबन्दी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवले प्रशासनको भरमा ताला फोडेको बताउदै उनले अध्यक्ष यादवले भ्रष्टाचारीको बचाउ गरेको आरोप लगाए ।

अभिभावक समेत रहेका स्थानिय राजेन्द्र यादवले ७–८ सय बिद्यार्थी रहेको बिद्यालयमा प्रधानअध्यापप र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले मिलमतोमा रकम नबाडेको आरोप लगाए । उनले पटक पटकको तालबन्दीले बालबालिकाको अध्ययन प्रभावित हुने बताउदै यसलाई छिटो निकास दिन आग्रह गरे । “गाउँपालिका अध्यक्ष यहा आएर स्थानियहरुको चित्त बुझाउनु पर्ने हो तर उहाले जोडबलको भरमा ताला फुटाएर जानु भयो ।” उनले भने “यसले निकास दिने भन्दा पनि समस्या झन बल्झाएको छ ।”

पिपरहवा माध्यमिक बिद्यालयका प्रधानअध्यापक अब्दुल हलिम खाँले पनि माघमै छात्रबृत्तिको रकम प्राप्त भए पनि अहिले सम्म बाँडन नसकेको स्विकार गरेका छन् । “माघ महिनामा रकम प्राप्त भयो त्यो समयमा बाँडदा एउटै बिद्यार्थीले दोहोराएर पाउने सम्भावना रहेकोले असार मसान्त सम्म बाँडने बिद्यालय ब्यवस्थापन समितिको निर्णय भएको थियो ।” खाँ ल भने “बिभिन्न समस्या र ब्यस्तताका कारण अहिले सम्म बाँडन पाएनौ, अब छिट्टै बितरण गर्नेछौं ।”

दिवाखाजा वापतको रकम असार ३१ गते मात्र प्राप्त गरेको उनले स्पष्ट पारे । ३१ गते प्राप्त रकमलाई पनि अब छिट्टै बितरण गर्ने बताउदै उनले यो दुवै रकममा कुनै पनि प्रकारको आर्थिक अनियमितता नभएको दावी गरे । उनले यो सबै समस्या मुबारक अलीलाई हाजिर गराएको कारण आएको दावी गरे । गाउँपालिका अध्यक्ष र शिक्षा शाखा प्रमुख आएर हाजिर गराउनु पर्छ भनेकोले आफुले हाजिर गराएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित