ताजा अपडेट »

नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै

बुधबार, २५ साउन २०७९, ०६ : २२
16 Shares

नयाँ दिल्ली । मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज बुधबार पुनः मुख्यमन्त्रीको सपथ लिने भएका छन् । उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए । 

उनले भाजपाबाहेक जेडीयू र अन्य ससना दलहरुको सहयोगमा बन्ने महागठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्ने प्राप्त विवरणहरुमा जनाइएको छ । ९ वर्षमा दोस्रोपटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन् । आफ्ना पार्टीका सांसदहरुसँगको छलफलपछि गठबन्धनबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।